काठमाडौं, ९ माघ ।
गायीका तारादेवीको १० औं स्मृति दिवस आज विविध कार्यक्रम गरी गरी मनाईंदै छ । गीतसंगित क्षेत्रमा आवद्ध विभिन्न संघ संस्थाले आज विविध कार्यक्रमको आयोजना गरेको छ ।
२००२ माघ २ मा काठमाडौंको इन्द्राचोकमा जन्मिनु भएक गायीका तारा देवीको २०६२ को माघ ९ गते निधन भएको थियो ।
उहाँको सम्झनामा काठमाडौंको महाराजगञ्जमा रहेको आस्था कलाकेन्द्रमा आज बिहान विशेष कार्यक्रमको आयोजना गरेको छ ।
तारादेवीले गाउनु भएका उकाली ओरालीहरुमा, तिमिलाई हाँसेर, कालिपारे दाई कति राम्रो, फूलको थुँगा, सोचेजस्तो हुन्नु जीवन लगायतका गीतहरु लोकप्रिय छन् ।
पछिल्लो समय गायीका तारादेवीको सम्झनामा स्मृति प्रतिष्ठान गठन गर्ने पहल पनि भइरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline