काठमाडौ ९ माघ ।
व्यवस्थापिका संसदको बैठक आजपनि बस्दैछ । अपरान्न ३ बजेपछि नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने संसद बैठकमा संविधान संशोधनको विधेयक पारित प्रक्रिया सुरु गर्ने कार्यसुची छ ।
विधेयकमाथि संसदमा संशोधन प्रस्ताव दर्ता गराएका सांसदहरुले बोल्नेक्रम सकिएकाले आजबाट विधेयक पारितको प्रक्रिया सुरु गर्ने तयारी रहेको संसद सचिवालयका सहयक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो ।
आजको बैठकमा दफाबार छलफलका क्रममा उठेका प्रश्नहरुको कानुनमन्त्री अग्नि खरेलले जवाफ दिनुभएपछि विधेयकमा परेका संशोधनलाई निर्णयार्थ पेश गरिने छ । आजै संशोधन प्रस्ताव पारित गर्ने तयारी रहेको कुइँकेलले बताउनु भयो ।
संशोधन प्रस्ताव ध्वनि मतका आधारमा निर्णय गरिने छ । संशोधन विधेयक प्रस्ताव पारित गर्न संसदमा हाल रहेको ५९६ सांसद मध्ये दुई तिहाई ३९६ सांसदको समर्थन आवश्यक पर्छ । यद्यपी आजको बैठक पनि मधेशी मोर्चाले बहिस्कार गर्ने जनाएको छ ।