बगबन्धु कप जीताउने खेलाडीलाई जनही पाच लाख

बगबन्धु कप जीताउने खेलाडीलाई जनही पाच लाख

  • शुक्रबार, माघ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौं माघ ८ । २३ वर्षको ईतिहास पछि नेपालले बंगलादेशमा सम्पन्न बगबन्धु गोल्डकपको उपाधी हात पार्न सफलता दिलाउने राष्ट्रिय टिमका खेलाडीलाई जनही पाच लाख रुपैया दिने अखिल नेपाल फुटवल संघ एन्फाले घोषणा गरेको छ ।
ट्वीटर मार्फत एन्फाले उक्त घोषणा गरेको हो ।
यस्तै राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव विष्टले बगबन्धु कप जीत्ने खेलाडीलाई जनही दुई लाख रुपैया प्रदान गर्ने घोषणा गर्नु भयो ।

ढाकास्थित बङ्गबन्धु रंगशालामा भएको खेलमा नेपालले आज बहराइनलाई ३–० ले हराउदै ऐतिहासिक जीत हात पारेको हो । यो जीतसगैं नेपालले ५० हजार अमेरीकी डलर सहित ट्रफी हात पार्यो । बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेदले नेपाली टिमलाई ट्रफी हस्तान्तरण गर्नु भएको थियो ।

उहाले बंगलादेशमा फुटबलप्रतिको लोकप्रियता बढ्दै गएको भन्दै च्याम्पियन हुने हिमालयको देश नेपाललाई बधाई छ भन्नु भयो । आज आक्रमक शुरुवात गरेको नेपालका लागि चौथो मिनेटमै बिमल घर्ती मगरले अग्रता दिलाएका थिए ।

यसअघि नेपालले सन् १९९९ मा दक्षिण एसियाली खेलकुद प्रतियोगितामा फाइनल खेल खेलेको थियो । त्यसपछि अन्तर्राष्ट्रिय स्तरमा करिब १२ खेल खेलेको नेपालले कुनै पनि खेलमा जित हासिल गर्न सकेको थिएन । लगातार १० खेलमा नेपालले एउटा पनि गोल गर्न सकेको थिएन ।

यसैविच भोली त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलदेखि दशरथ रंगशालासम्म बिजय जुलुस निकाल्ने बताईएको छ । जितपछि प्रशिक्षक बालगोपाल महर्जनले उपाधि पाएको ट्रफि नेपाली जनताप्रति समर्पित रहेको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी