जागिर लगाईदिने भनी ठगी गर्ने तीन पक्राउ

जागिर लगाईदिने भनी ठगी गर्ने तीन पक्राउ

  • शुक्रबार, माघ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

काठमाडौँ, ८ माघ ।

जागिर लगाईदिने भन्दै संगठित रुपमा सर्वसाधारणलाई ठगि गदै आएका तीन जनालाई आज पहरिले पक्राउ गरि सार्वजनिक गरेको छ ।

अनुसन्धान निरीक्षक र सहायक निरीक्षकमा विज्ञापन खुलेको भन्दै नक्कली सुचना देखाएर जागिर लगाईदिने बहानामा ठगि गर्ने सतल महतरा, नेत्रबहादुर शाही र विकास गुरुङलाई सार्वजनिक गरिएको हो ।

गृह मन्त्रालय प्रहरी हेडक्वार्टर नक्सालको च.नं.२०८ पत्र सं. १५३ बाट अनुसन्धान निरीक्षक र सहायक निरीक्षक गरी ४० जना आवश्यक परेको नक्कली सूचना देखाई उनीहरुले ११ जनालाई ठगी गरेको प्रहरीले जनाएको छ ।

उनीहरुले गोरखाका वीरबहादुर गुरुङसमेत ११ जनालाई सम्पर्कमा ल्याई सिंहदरवारस्थित राष्ट्रिय अनुसन्धान विभागको कार्यालय बाहिर गेटमा बसी सम्पूर्ण कागजपत्र लिई अनुसन्धान निरीक्षकका लागि रु सात लाख र सहायक निरीक्षकका लागि रु पाँच लाख लिने गरेको अनुसन्धानको क्रममा खुलेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सर्वेन्द्र खनालले जानकारी दिनुभयो ।

विभागलाई आवश्यक सङ्ख्यामध्ये २० प्रतिशतमा प्रतिस्पर्धा गर्न नपर्ने सिधै नियुक्ती हुने भनी ११ जनाबाट रु चौतिस लाख चालीस हजार लिएको अनुसन्न्धानको क्रममा खुलेको छ ।

पीडित ११ जना प्रहरीको सम्पर्कमा आएपनि अन्य व्यक्तिसमेत पीडित भएको हुनसक्ने महाशाखाका प्रमुख खनालले बताउनुभयो ।

सम्पूर्ण व्यवस्थापन छनोट प्रक्रिया, कागजात सङ्कलन महतराले गर्ने र रकम गङ्गाप्रसाद न्यौपानेको नाममा ग्लोबल आईएमई बैंकको खाता नं.०८०७०१०००८९३८ मा जम्मा गर्ने गरेको अनुसन्धानको क्रममा खुलेको छ ।

महतराको कोठाबाट प्रहरी हेडक्वार्टरको नाममा प्रकाशित भएको सूचना, छनोट भएका जवान ४६ जनाको नामावली रहेको कागजात समेत फेला परेको थियो ।

पक्राउ परेका तीनै जनालाई ठगी मुद्दामा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडाँै पठाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ