रकमको कारोबारमा सावधानी अपनाउन अपिल

रकमको कारोबारमा सावधानी अपनाउन अपिल

  • शुक्रबार, माघ ८, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

रौतहट, ८ माघ । जिल्ला प्रहरी कार्यालय रौतहटले नेपाली नोटको कारोबार गर्दा विशेष सतर्कता अपनाउन अपिल गरेको छ ।

प्रहरीले नक्कली नोटको कारोबार गर्ने सङ्गठित गिरोहले जिल्लाका विभिन्न भागमा नेपाली नक्कली नोट पु¥याएको भन्दै सर्वसाधारण, व्यापारीसहितलाई विशेष सावधानी अपनाउन अनुरोध गरेको छ । नक्कली नोटको कारोबार गर्ने समूह पक्राउ परेपछि बजारमा नक्कली रुपैयाँ वितरण गरिएको अनुसन्धानबाट खुल्न आएको छ ।

प्रहरीले यसअघि नक्कली नोटको कारोबार गर्ने छजनाको सङ्गठित गिरोहलाई पक्राउ गरेको थियो । त्यस्ता नक्कली नोटको प्रयोग गर्दा नोटको आकार, साइज, गाढापन, होलोग्राम, सुरक्षा धागो राम्ररी हेर्न वा नजिकैको बैंकमा सम्पर्क गर्न पनि जिल्ला प्रहरी कार्यालय रौतहटले सबैमा अनुरोध गरेको छ । खासगरी बजारमा नेपाली नक्कली नोट एक हजार र ५०० को पाइएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ