काठमाडौं, ८ माघ ।
हिजो दिनभर तनाबग्रस्त बनेको मोरङको पुरानो सदरमुकाम रंगेली र डाइनिया बजार आज भने सुनसान बनेको छ । उक्त क्षेत्रमा आज विहानैदेखि बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
प्रहरी र आन्दोलनरत मधेसी मार्चाका कार्यकर्ताबीच हिजो झडप हुदा प्रहरीले चलाएको गोली लागि एक ६० बर्षीय बृद्धसहित ३ जनाको मृत्यु भएको थियो ।
मोर्चाका कार्यकर्ताले रंगेलीबाट १० किलोमिटरको दुरिमा रहेको कटहरी बजारमा भने विहानैबाट प्रदर्शन गरिरहेका छन । प्रदर्शनका कारण कहटरी क्षेत्र ठप्प बनेको छ ।
यसैबीच मार्चाले आज मोरङमा आम हडतालको घोषणा गरेको छ । मोर्चाको आज विहान बसेको जिल्ला समितिको बैठकले जिल्लामा आम हडतालको घोषणा गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline