अमेरिकी डलरको मुल्य हालसम्मकै उच्च

अमेरिकी डलरको मुल्य हालसम्मकै उच्च

  • बिहिबार, माघ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

काठमाण्डौ, ७ माघ ।

अमेरिकी डलरको मुल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज नेपाली बजारमा एक अमेरिकी डलरको मूल्य १ सय ९ रुपैयाँ २४ पैसा पुगेको छ ।

डरको मुल्य आज हालसम्मकै उच्च रहेको राष्ट्र बैंकका विदेशी विनिमय व्यवस्थापन विभागका कार्याकारी निर्देशक भिष्म ढुंगानाले बताउनुभयो । ‘अहिलेको डलरको मुल्य नेपाली बजारमा हालसम्मकै उच्च हो,’ ढुंगानाले भने । अहिलेको डलरको मूल्यले ०७१ भदौ महिनाको रेकर्ड तोडेको छ । त्यसबेला डरको मूल्य १ सय ९ रुपैयाँसम्म पुगेको थियो ।

बिहीबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलर १ सय ८ रुपैयाँ ६४ पैसामा किनेर १ सय ९ रुपैयाँ २४ पैसामा बिक्री गर्ने जनाएको छ । केही महिनायता डलरको भाउ लगातारजसो बढिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी