पुल निर्माणको काम अघि बढ्न सकेन

पुल निर्माणको काम अघि बढ्न सकेन

  • बिहिबार, माघ ७, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौँ, ७ माघ ।

इन्धन अभावका कारण सडक विभागद्वारा चालु आवमा निर्माण गर्न लागिएका पक्की पुलको काम अघि बढ्न सकेको छैन ।

वर्षाको समय सकिने र भारतको अघोषित नाकाबन्दी पनि सँगसँगै परेकाले काम अघि बढ्न नसकेको विभागले जनाएको छ । पुलको काम वर्षाको समय सकिएपछि नदीको वहाव कम हुने समयदेखि सुरु गरिन्छ । यसवर्ष असोज ७ गतेदेखि नाकाबन्दी भएकाले चालु आवको मध्य अवधि सकिँदा पनि कामले गतिलिन नसकेको विभागको पुल महाशाखा प्रमुख सरोज प्रधानले जानकारी दिनुभयो ।

रणनीतिक सडक सञ्जालअन्तर्गत यसवर्ष राजमार्गमा १९३ पुल निर्माणको योजना छ । स्थानीय सडक सञ्जालसँग जोड्नका लागि यी पुल महत्वपूर्ण मानिन्छ । यो आवमा स्थानीय सडक सञ्जालअन्तर्गत पूर्वाञ्चलमा १०७, मध्यमाञ्चलमा २३३, पश्चिमाञ्चलमा १४५, मध्यपश्चिमाञ्चलमा ५० र सुदूर पश्चिमाञ्चलमा ४० वटा ठूला साना पक्की पुल निर्माण गर्ने विभागको योजना छ । यसका लागि विभागले रु एक अर्ब ९८ करोड बजेट छुट्याएको छ । रु ७५ करोड पुल मर्मत सम्भारमा खर्च हुनेछ ।

“योजना अनुसार इन्धन अभावले यसवर्ष कामअघि बढ्न सकेको छैन” पुल महाशाखा प्रमुख प्रधानले भन्नुभयो । यो आवमा देशभरका ५६० पक्की पुलको निर्माण गर्ने कामको डिजाइन भइरहेको महाशाखाका इञ्जिनियर विमल बस्नेतले जानकारी दिनुभयो । आगामी आर्थिक वर्षमा ४६० पुलको डिजाइनको कार्यक्रम छ । धेरै पुल लामो समयसम्म अलपत्र रहने गरेकामा यसवर्ष भूकम्प र नाकाबन्दीले पनि काममा ढिलाइ हुने देखिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी