काठमाडौं, ७ माघ ।
सरकारले मध्य तरानइका ८ जिल्लामा सञ्चालन गर्न लागेको विकास कार्यक्रम आजबाट सुरु भएको छ । कार्यक्रमको आज महोत्तरमा उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले उद्घाटन गर्नुभयो ।
पाँच बर्षे योजना अन्र्तगत सरकारले प्रस्तावित प्रदेश नम्बर २ का ८ जिल्लामा केन्द्रित रहेर विकास योजना सुरु गरेको हो ।
सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा सञ्चालन हुने विकास अभियानमा सरकारले करिब पाँच अर्ब रुपैया खर्च गर्न लागेको स्थानिय विकास मन्त्रालयले जनाएको छ ।
स्थानीय वासिन्दाको लगानीमा निर्माणधिन योजनाहरुलाई प्राथमिकतामा राख्दै सुरुमा सरकारले ती जिल्लामा सञ्चालीत सिक्षा, स्वास्थ्य, रोजगार, मानव संसाधनको क्षेत्रमा लगानी गर्ने संघिय मामीला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सहसचिव धन बहादुर श्रेष्ठले विकासका लागि पुर्वी तराईका सिमा क्षेत्रमा गर्न लागिएको कार्यक्रमले स्थानीय क्षेत्रका आर्थिक विकास र रोजगारी श्रृजना हुने बताउनु भयो ।