नितिका कर्माचायले मिस ईकलेज सिजन ६ की विजेता

नितिका कर्माचायले मिस ईकलेज सिजन ६ की विजेता

  • मङ्लबार, माघ ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

काठमाडौं, माघ १ । ‘ मिस ईकलेज सिजन ६ ’ को उपाधि आइन्टाइन कलेजमा व्याचलर प्रथम वर्षमा अध्ययनरत १८ वर्षीया नितिका कर्माचायले ले चुम्न सफल भइन भने उनले पर्सनालीटी अवार्ड पनि हात पारिन । शुक्रवार साँझ राजधानीको नाचघर जमलमा सम्पन्न सो प्रतियोगितामा आफ्ना १५ जना प्रतियोगीलाई पछि पार्दै उनले सो उपाधि जितेकी हुन् । मिस ईकलेज उपाधि जितेबापत उनले एक लाख ५६ हजार वारावरको स्कुटर क्याम्पीयन कलेजको तर्फवाट रु १ लाख वरावरको उच्च शिक्षाको लागि छात्रावृत्ति पाइन , नेपाल एयरहोस्टेज एकाडमीको तर्फवाट रु २० हजारको निसुल्क तालिम र फेशन सेन्टर भाटभटेनीको तर्फवाट १० हजार वरावरको साडी उपहार प्राप्त गरिन् साथै अन्य उपहारहरु पनि हात पारिन ।
उत्कृष्ट दशको चयन पछि अन्तिममा सोधिएको प्रश्नमा जीवनको अन्तिम क्षणमा पुगेको व्यक्तिलाई कसरी प्रोत्सान गर्नु हुन्छ ? भन्ने प्रश्नको उत्कृष्ट जवाफ दिएर नितिका कर्माचायल ले यो उपाधि जितेकी हुन् । यो उपाधिले आफुलाई जीवनमा अझ धेरै सफलता हाँसिल गर्ने प्रेरणा मिलेको उनले बताईन् ।
सिजन मिडियाद्धारा आयोजित सो प्रतियोगितामा ‘फस्ट रनर अप’को उपाधि लिटिल एन्जल कलेजमा अध्ययरत १८ वर्षिय प्राची अर्यालले जितिन् भने अधिकारीले उपाधिसँगै मिस ट्यालेन्टको अवार्ड पनि हात पारिन भने सिटिभि मोवाइलको तर्फवाट मौवाइल ट्याव, क्याम्पीयन एकाडमीको तर्फवाट रु ५० हजार वरावरको उच्च शिक्षाको लागि छात्रावृत्ति पाइन भने नेपाल एयरहोस्टेज एकाडमीको तर्फवाट रु २० हजारको निसुल्क तालिम साथै उनले विभिन्न उपहार प्राप्त गरिन् ।
कार्यक्रममा सेकेन्ड रनरअपको उपाधि प्रतिक्षा वानीयाले साथै उनले सिटिभि मोवाइलको तर्फवाट मौवाइल मोवाइलसेट, क्याम्पीयन एकाडमीको तर्फवाट रु ५० हजार वरावरको उच्च शिक्षाको लागि छात्रावृत्ति पाइन भने नेपाल एयरहोस्टेज एकाडमीको तर्फवाट रु २० हजारको निसुल्क तालिम साथै उनले विभिन्न उपहार प्राप्त गरिन् । उनले उपाधिसँगै विभिन्न उपहार प्राप्त गरेकी थिईन् । वानीयाले ‘ व फेन्डसीप अर्वाड ’को उपाधि पनि सो प्रतियोगितामा हाता पारिन ।
कार्यक्रमको निर्णायकमा मिस नेपाल १९९९ कि विजेता श्वेता सिह ,चलचित्र निर्देशक तथा नायक आकास अधीकारी , क्याम्पीएन एकेडेमीका प्रिन्सीपल नविनमान श्रेष्ठ, पत्रकार गोविन्द नेपाल, वरिष्ठ फोटोग्राफर राज भाइ सुवाल र मिसेज हेरीटेज २०१५ की विजेता रजनी थापा रहनु भएको थिए ।
‘ मिस ईकलेज सिजन ६ सँस्करण’मा अन्य विभिन्न उपाधि पनि राखिएको थियो । जस अन्तर्गत ‘व्युटिफुल आईज’को उपाधि सुमीत्रा थानेट हाँसिल गरिन् । ‘ ‘अर्गनाईजर च्वाईस अवार्ड’ अनुसा श्रेष्ठले जितिन् । यस्तै ‘वेष्ट ड्रेसको अवार्ड विजिन्ता रानामगर र वेष्ट हेएरकोे उपाधि मैना पुन मगरले हात परिन् । यसै गरी सो कार्यक्रममा ‘मिस डिसिप्लेन’को उपाधि मोनीका तामाङले प्राप्त गरिन ‘बेष्ट वाक’को उपाधि सन्जीमा गोपालीले पाईन भने ‘मिस स्माइल’को उपाधि ग्यानी आचार्यले हाँसिल गरिन । यस्तै ‘मिस फोटोजेनिक’को उपाधि विजिता श्रेष्ठले प्राप्त गरिन् भने मिस एकाडमीक अवार्ड सिर्जना गुरुङ पाईन् । भने मिस पपुलर सन्धया मगरले हात पारिन ,मिस पङ्चुवालीटीमा सरस्वती श्रेष्ठले हात पारिन ।फेशवुक आवर्ड पवित्र श्रेष्ठले हातपरीन ।
कलेज स्तरमा अध्ययनरत १६ देखि २४ वर्ष सम्मका छात्राहरुको व्यक्तित्व विकाश र प्रतिभा प्रस्तुतिको लागि सिजन मिडियाले गत ६ वर्ष देखि निरन्तर यो प्रतियोगिता गर्दै आएको आयोजक सँस्थाका अध्यक्ष प्रदीपराज वन्तले कार्यक्रममा बताए । यो प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए । सो कार्यक्रममा मनोरञ्जन प्रधान तुल्याउन विभिन्न कलाकारले नृत्य एवँ गीत समेत प्रस्तुत गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी