बिहे गरेको भन्दै विद्यालय प्रवेशमा रोक

बिहे गरेको भन्दै विद्यालय प्रवेशमा रोक

  • मङ्लबार, माघ ५, २०७२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

गोरखा, ५ माघ ।

मिरकोटस्थित त्रिवेणी माविले बिहे गरेका विद्यार्थीलाई विद्यालय प्रवेशमा रोक लगाएको छ ।

प्रवेशिका परीक्षाको तयारीमा रहेका छात्रा सम्झना राना र छात्र योगेन्द्र कुँवरलाई विद्यालयले पठनपाठनमा रोक लगाएको हो ।

गत मङ्सिर १३ गते एकापसमा बिहे गरेका उनीहरुलाई ‘पढ्दापढ्दै बिहे गरेको’ भन्दै विद्यालयले पठनपाठनमा वञ्चित गरेपछि न्याय खोज्न सदरमुकाम आइपुगेका छन् । विद्यालय व्यवस्थापन समितिको निर्णय भन्दै शिक्षकले छात्रछात्रालाई विद्यालय प्रवेशमा रोक लगाएका हुन् । दुवै पक्षका अभिभावक साथ लिएर कुँवर र राना सदरमुकाममा छन् । उनीहरुले जिल्ला शिक्षा कार्यालयमा समेत आफूहरुलाई विद्यालयले निष्कासन गरेको बारे जानकारी गराइसकेका छन् ।

बिहे गरेको केही दिनपछि विद्यालय जाँदा प्रअले ‘किन स्कुल आएको’ भन्दै ढोकाबाट बाहिर निकालिदिएको छात्रा रानाले बताउनुभयो । ‘हेडसरले कुनै हालतमा स्कूल पढ्न दिन्न भन्नुभएको छ’ रानाले भन्नुभयो ।

प्रवेशिका परीक्षा नजिकिएको भन्दै विद्यार्थीहरुले जति सक्दो छिटो विद्यालय गई आफूहरु पढ्ने वातावरण बनाइदिन शिक्षा कार्यालयसँग आग्रह गरेका छन् । “एसएलसीको मुखमा हामीलाई पढ्नबाट बञ्चित गराइयो । स्कुल जानै नपाइने कस्तो नियम ?”¬–छात्र कुँवरले भन्नुभयो । शिक्षा कार्यालयले जे भन्छ त्यही गर्ने भन्दै उनीहरु सदरमुकाम बसेका हुन् ।

विद्यालयका प्रध्यानाध्यापक चूडामणि अधिकारीले विसं २०६८ साल फागुन ४ गते गरिएको निर्णय आफूले कार्यान्वयन मात्रै गरेको जिकिर गर्नुभयो । “एउटै विद्यालयमा पढ्ने छात्रछात्राले बिहे गरे भने निष्कासन गर्ने निर्णय छ”–उहाँले भन्नुभयो, “नियम कार्यान्वयन गर्नैप¥यो । अब शिक्षा कार्यालयले जे निर्देशन दिन्छ त्यही गरिन्छ”¬–शिक्षा कार्यालय भने आफूहरुलाई मौैखिक जानकारी मात्रै आएको भन्दै पन्छिएको छ ।

“पढ्ने व्यवस्था मिलाउन विद्यालयलाई आवश्यक निर्देशन दिएका छौँ”¬– सहायक जिशिअ ठाकुरजी तिवारीले भन्नुभयो, “पहिले झैँ पठनपाठनको व्यवस्था गर्न भनेका छौँ ।”

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी