मिस नेपाल–२०१६ का लागि फारम खुल्ला

मिस नेपाल–२०१६ का लागि फारम खुल्ला

  • सोमवार, माघ ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

माघ ४ काठमाण्डौं । नेपालको सबैभन्दा पुरानो सौन्दर्य प्रतियोगिता मिस नेपाल–२०१६ का लागि आयोजक संस्था द हिडेन ट्रेजरले रूपमा आवेदन खुला गरेको छ । राजधानीको होटल अन्नपूर्णमा आयोजित एक कार्यक्रमकाबीच मिस नेपाल प्रतियोगिताको २१औं संस्करणका रूपमा फेन्टा द हिडेन ट्रेजर मिस नेपाल–२०१६ को शुरु भएको जानकारी दिईएको छ ।

मिस नेपाल प्रतियोगितामा सहभागी हुन इच्छुक युवती १९ देखि २४ वर्ष उमेर समूहको हुनुपर्ने, शारीरिक उचाइ कम्तीमा ५ फिट ४ इन्च हुनुपर्ने छ ।
साथै कुनै पनि विवाह गरीसकेका युवतीले यस प्रतियोगीतामा भाग लिन पाउने छैनन् ।
देशका मुख्य सहर पछि फेब्रुअरी अन्ततिर राजधानीमा आवेदन दिएकाहरूको अडिसन सम्पन्न गरिने आयोजक संस्थाले जनाएको छ ।
अडिसनबाट छानिएका फाइनलिस्टहरू ६ साता लामो प्रशिक्षणमा सहभागी हुनेछन् जसमा मुख्य प्रशिक्षकका रूपमा कोरियोग्राफर रचना गुरुङ रहने छिन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी