साझाका पुस्तकबारे उपप्रधानमन्त्री थापाको ध्यानाकर्षण

साझाका पुस्तकबारे उपप्रधानमन्त्री थापाको ध्यानाकर्षण

  • सोमवार, माघ ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौँ, ४ माघ ।

साझा प्रकाशनका पुस्तकलाई स्थानीय निकायबाट खरिद गर्न लगाउन उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाको ध्यान आकृष्ट गरिएको छ ।

प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा, पूर्व शिक्षामन्त्री प्रदीप नेपाल, दिनानाथ शर्मा र साहित्यकार डा. कृष्णहरि बराललगायतको समूहले सिंहदरबारस्थित उहाँकै कार्यकक्षमा आज भेटेर ध्यानाकर्षण गराएको हो ।

पत्र बुझेपछि उपप्रधानमन्त्री थापाले साझाका प्रकाशनलाई स्थानीय निकायबाट खरिदको वातावरण मिलाउन सम्बन्धित निकायलाई आजै निर्देशन दिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

महाप्रबन्धक शर्माले साझाका खरिदको व्यवस्था हुनसके पठन संस्कृतिको प्रबद्र्धन हुने र संस्थाको आम्दानीमा वृद्धि हुने तथ्य अवगत गराउनुभएको थियो ।
शिक्षा तथा साहित्यका पुस्तक प्रकाशन गर्दै आएको साझाले करिब रु एक अर्बको वार्षिक कारोबार गर्ने गरेको भएपनि अहिले रु १५ करोडमा खुम्चिएको छ ।

संस्थासँग करिब रु २२ करोडका पुस्तक मौज्दात रहेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी