श्रम बैंक स्थापनामा समान धारणा बनाउ: श्रम समिति

श्रम बैंक स्थापनामा समान धारणा बनाउ: श्रम समिति

  • सोमवार, माघ ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौँ, ४ माघ ।

व्यवस्थापिका¬–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथ श्रम समितिले श्रम बैंक स्थापना सम्बन्धमा छलफल गरी १५ दिनभित्र समितिसमक्ष ठोस धारणा पेस गर्न श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले अर्थ मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच समान धारणा नदेखिएकाले यसबारे समान धारणा बनाएर आउन निर्देशन दिएको हो ।

समितिका सभापति प्रभु साहले बैठकमा श्रम तथा रोजगार मन्त्री दीपक बोहोरा, नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवि नेपाल, श्रम तथा रोजगार सचिव रामकुमार आचार्य र अर्थ मन्त्रालयका प्रतिनिधिसम्मिलित बैठकमा फरक–फरक धारणा आएकाले समान धारणा आवश्यक भएको बताउनुभयो ।

बैठकमा मन्त्री बोहोराले वैदेशिक रोजगारमा गएका कामदारको अपनत्व हुने गरी बैंक स्थापना गरेर वित्तीय परिचालन गर्ने अवसर पाउनुपर्नेमा जोड दिनुभयो । उहाँले वैदेशिक रोजगारमा गएकाको ऋण चुक्ता दर ९५ प्रतिशत रहने भएकाले श्रम बैंकको आवश्यकता औँल्याउनुभयो ।

गभर्नर डा नेपालले केही वर्ष पहिलेदेखि नै बैंक तथा वित्तीय संस्थाका लागि नयाँ अनुमति दिन बन्द गरिएको र विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि सरकारलाई बैंक तथा वित्तीय संस्था सञ्चालन नगर्न सुझाव दिएको अवस्थामा थप बैंक तथा वित्तीय संस्था आवश्यक नरहेको बताउनुभयो ।

वैदेशिक रोजगारीमा गएकाको कल्याणकारी कार्यका लागि कोष (ट्रस्ट) बनाएर जान सकिने सुझाव दिँदै गभर्नर नेपालले बैंक तथा वित्तीय संस्था थपिदा नियमनका लागि थप चुनौती आउने बताउनुभयो ।

श्रम तथा रोजगार सचिव रामकुमार आचार्यले श्रमिकको हक हितका लागि र विप्रेणबाट पूँजी निर्माण गर्न पनि श्रम बैंक आवश्यक भएको धारणा राख्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी