पेट्रोलियम पदार्थको मुल्य घटाउने तयारी

पेट्रोलियम पदार्थको मुल्य घटाउने तयारी

  • सोमवार, माघ ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

काठमाडौ ४ माघ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाउने तयारी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्यमा भारी गिरावट आएसँगै अभावका बाबजुद निगमले मुल्य घटाउने तयारी गरेको हो ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मुल्य प्रतिब्यारेल ३० डलरमा झरेको छ । पट्रोलमा प्रतिलिटर चार रुपैयाँ र डिजेलमा पाँच रुपैयाँ घटाउने तयारी भएको निगम स्रोतले जनाएको छ । हवाई इन्धनको सन्दार्भमा भने निर्णय हुन बाँकी छ ।

भारतीय आयल कर्पोरेसनबाट १२ बजेअघि नै इन्धनको नयाँ मुल्य आउने र सन्चालक समिति बैठकले आजै मुल्य घटाउने सम्बन्धी निर्णय गर्ने स्रोतले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मुल्यमा निरन्तर गिरावट आएसँगै आयल निगम पछिल्लो समय नाफामा रहेको छ । संचिती घाटा अत्याधिक रहेको निगमले घाटाका बाबजुद कर्मचारीलाई बोनस वितरण गर्ने निर्णय गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी