परियोजनाको सहयोगमा तीव्रता

परियोजनाको सहयोगमा तीव्रता

  • सोमवार, माघ ४, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

नेपालगन्ज, ४ माघ ।

एकीकृत परियोजनाअन्तर्गत बाँके जिल्लाका १९ विद्यालय र त्यहाँ अध्ययनरत विद्यार्थीलाई बाँके युनेस्को क्लबले शैक्षिक सहयोग उपलब्ध गराउने अभियानलाई तीव्रता दिएको छ ।

सेभ द चिल्ड्रेनको आर्थिक तथा जिल्ला शिक्षा कार्यालयको प्राविधिक सहयोगमा क्लबले ती विद्यालयका शैक्षिक पूर्वाधार निर्माणका लागि आवश्यक शिक्षण सामग्री तथा त्यहाँ अध्ययनरतमध्ये अपाङ्ग, अभिभावक नभएका र गरिब परिवारका १०० बालबालिकालाई सहयोग गर्ने जनाएको छ ।

सन् २०१५ देखि २०१८ सम्म सञ्चालन अवधि रहेको एकीकृत परियोजनाअन्तर्गत समेटिएका विद्यालयका शिक्षक, शिक्षिका, प्रधानाध्यापक र विद्यालय निरीक्षकलाई पनि गुणस्तरीय सिकाइसम्बन्धी अभिमुखीकरण गर्दै आएको क्लबका अध्यक्ष परवेजअलि सिद्धिकी बताउनुहुन्छ ।

परियोजनाअन्तर्गत क्लबले विद्यार्थीलाई विद्यालय पोसाक, पोसाक सिलाउन प्रतिविद्यार्थीलाई नगद रु ४००, एक वर्षका लागि पुग्ने कापी, कलम, झोलालगायत सामग्री वितरण गर्ने जनाइएको छ ।

विद्यालयमा भर्ना हुने दर, आर्थिक कारणले बीचमै विद्यालय छाड्ने सङ्ख्या घटाउने तथा शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित परियोजनाअन्तर्गत बाल संरक्षण र बालअधिकार तथा सुशासन विषय पनि समेटिएको छ ।

“यो परियोजना साँच्चै नै जिल्लाको शैक्षिकस्तरलाई उचाइमा पु¥याउन सफल हुने र विद्यार्थीलाई विद्यालयमा टिकाइ राख्न कोसेढुङ्गा सावित हुन सक्ने देखिन्छ”¬–नेपाल राष्ट्रिय निमाविकी प्रधानाध्यापक ललिता उपाध्यायको ठम्याइ छ ।

सोही कार्यक्रमअन्तर्गत क्लबले स्थानीय बेलासपुरस्थित बागेश्वरी प्राविलाई रु एक लाख ४३ हजारबराबर कार्पेट, पि–फम, जुत्ता राख्ने दराज, ठूलो गोलो टेबल १२ थान र एक थान भ्याकुम क्लिनर हस्तान्तरण गरेको छ भने अन्य विद्यालयलाई पनि क्रमशः यस्तैखाले सहयोग उपलब्ध गराउँदै जाने संयोजक किरण जोशीले बताउनुभयो ।

यसैगरी, परियोजनाअन्तर्गत क्लबले अहिलेसम्म जिल्लाका १७ मदरसा र दुई विद्यालयलाई प्रतिविद्यालय र मदरसालाई रु १६÷१६ हजार बराबरको शिक्षण सामग्री उपलब्ध गराएको छ । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी