आत्मनिर्भरमुखी अर्थतन्त्र विकासको रणनीतिक बनाउदै

आत्मनिर्भरमुखी अर्थतन्त्र विकासको रणनीतिक बनाउदै

  • आइतवार, माघ ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 12.8K
    SHARES

काठमाडौँ, ३ माघ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन प्रवद्र्धनलाई परिणाममुखी बनाई आत्मनिर्भरमुखी अर्थतन्त्रको विकास गर्ने रणनीतिक योजनामा जुटेको छ ।

मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले अहिलेको अवस्थामा मुलुकको पर्यटनलाई पुरानै अवस्थामा फर्काउने मात्र नभई भोलिका दिनमा उनीहरुको सङ्ख्या र बसाई समय बढाउनका लागि पाँच ‘चर’ को अवधारणा अघि सारेको बताउनु भयो ।

उहाँका अनुसार प्रभावकारी पर्यटन प्रवद्र्धनका लागि पाँच ‘चर’ अर्थात ‘नेचर’, ‘कल्चर’, ‘एग्रीकल्चर’, ‘एडभेन्चर’ र ‘इन्फ्रास्ट्रक्चर’ र सात ‘स’ अर्थात् ‘सेवा सुविधा’, ‘सुरक्षा’, ‘सूचना र सञ्चार’, ‘सरसफाइ’, ‘संस्थागत व्यवस्थापन’, ‘समन्वय र सङ्ख्या बढाउने’ को अवधारणालाई रणनीतिक अभियानकैरुपमा लैजान जरुरी भएको उल्लेख गर्नुभयो ।

नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को ५२औँ वार्षिक साधारणसभा तथा नयाँ कार्यसमिति निर्वाचनको यहाँ उद्घाटन गर्दै उहाँले पर्यटन क्षेत्रलाई बाह्रै महिना सञ्चालन गरी बढी विदेशी पर्यटक भित्र्याउन विशेष योजना ल्याइने बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले पर्यटक बढी भित्र्याउने सम्भावना रहेको देश चीनबाट पर्यटक आकर्षित गर्न प्रभावकारी योजनाका साथै त्यस अनुरुपको प्रचारप्रसार र बजारीकरण गर्न जरुरी भएको बताउनुभयो ।
नाट्टाका अध्यक्ष डिबी लिम्बु र पूर्वअध्यक्ष अम्बिका श्रेष्ठले पर्यटन क्षेत्रको जेठो संस्थालाई व्यावसायिक एकता र सुदृढ तुल्याई पर्यटन प्रवद्र्धनमा सक्रिय बनाइनुपर्नेमा जोड दिनुभयो ।

निर्वाचनको मत परिणाम साँझसम्म आउने बताइएको छ । नाट्टाको पदाधिकारीसहित १५ सदस्यीय नयाँ कार्यसमितिका लागि ४५४ मतदाता रहेका छन् । निर्वाचनमा मधुसुदन आचार्य, मिहिका धाख्वा र शम्भू पाठकको समूहबीच प्रतिस्पर्धा हँुदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी