सिन्धुपाल्चोकका भुकम्प पिडितलाई निशुल्क स्वास्थ्य शिबिर र राहत बितरण

सिन्धुपाल्चोकका भुकम्प पिडितलाई निशुल्क स्वास्थ्य शिबिर र राहत बितरण

  • आइतवार, माघ ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 11.7K
    SHARES

ललितपुर ,३ माघ  ।
लायन्स क्लव अफ अन्तराष्ट्रिय डिस्ट्रिक ३२५ ए २ अन्र्तगतका क्लवहरु र ललितपुरस्थित अल्का अस्पतालको संयुक्त आयोजनामा भुकम्पबाट सवैभन्दा बढी प्रभावित जिल्ला सिन्धुपाल्चोकको ठुलो सिरुवारीमा झण्डै ५ सय जनाको निशुल्क स्वास्थ्य परीक्षण गरिएको छ ।

दलित समुदायको बाहुल्यता रहेको उक्त गाविसमा जाडोबाट प्रभावित मध्ये ३ सय २५ गरिव परिवारलाई न्यानो कपडा पनि बितरण गरिएको थियो । भुकम्प पिडितहरु चिसोबाट बिरामी पर्न थालेको समाचार सुनेपछि सामाजिक उत्तरदायित्व अन्र्तगत अल्का अस्पतालस“ग सहकार्य गरेर निशुल्क शिबिरका साथै न्यानो कपडा बितरण गरिएको लायन्सका डिस्ट्रिक गर्भनर रुद्रहरि ज्ञवालीले बताए ।

शिबिरमा जनरल फिजिसियन, स्त्री रोग बिशेषज्ञ, हाडजोर्नी तथा नशा रोग बिशेषज्ञ चिकित्सकसहित २० जना स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य परीक्षणका साथै निशुल्क रुपमा औषधी समेत बितरण गरेको लायन्सकी जोन चियर पर्सन एवं अस्पतालकी संचालक बिद्या श्रेष्ठ थापाले बताइन । शिबिरमा धेरै जसो चिसोले बिरामी परेका रुघाखोकी, ज्वरो, दम लगायत समस्या भएका बिरामी आएका थिए ।

स्वास्थ्य परीक्षण गराएका मध्ये थप उपचार गर्नुपर्ने बिरामीलाई बिशेष सुविधा दिएर अल्का अस्पतालमै उपचार गर्ने व्यवस्था मिलाएको अध्यक्ष कुमार थापाले बताए । आफैले स्वच्छिक रुपमा संकलन गरेको रकम मार्फत आगामी दिनमा पनि भुकम्प प्रभावित अन्य गाविसमा स्वास्थ्य शिबिरका साथै न्यायो बाड्ने कार्यक्रमलाई निरन्तरता दिइने लायन्सका डिष्ट्रिक गर्भनर ज्ञवालीले बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी