पिपिआरको महामारी

पिपिआरको महामारी

  • आइतवार, माघ ३, २०७२
  • मिर्मिरे अनलाइन

  • 27.6K
    SHARES

बाजुरा, ३ माघ । भेडाबाख्रामा महामारीका रुपमा रहेको पिपिआर रोग फैलिएको दुई हप्ता बितिसक्दा समेत यसविरुद्धको भ्याक्सिन आइनपुग्दा किसानले ठूलो क्षति बेहोर्नुपरेको छ ।

जिल्लाका सबै गाविससा यो महामारी फैलिएको छ । त्यसबाट लाखौँ मूल्य बराबरका भेडाबाख्रा मरेका छन् । मानिसमा फैलिने हैजा जत्तिकै संवेदनशील मानिने पिपिआरको महामारी भेडाबाख्रामा फैलिएर धमाधम मर्न थालेको किसानले बताएका छन् ।

उनीहरुका अनुसार महामारीबाट जिल्लाका विभिन्न स्थानमा दुई साता बित्दा समेत औषधि आइपुगेको छैन । दुई साताको अवधिमा करिब ४०० बढी भेडाबाख्रा मरिसकेको किसानले बताएका छन् ।

हाल चरिचरनका लागि बडीमालिकाको मना क्षेत्रमा ल्याइएका हुम्लाका भक्त कार्कीका ५० भेडा मरेका छन् । अहिले बथानै सकिन लागेको छ । उहाँसँगै रहेका हुम्लाकै खनालगाउँ–५ का नाङ्ग्याल लामाका ४५ भेडा मरिसकेका र छ वटा सिकिस्त छन् । हाल मना क्षेत्रमै चरिचरनका लागि राखिएका अन्य व्यवसायीका भेडाबाख्रामा रोग सङ्क्रमण भएको बताइएको छ ।

एउटा भेडाको बजार मूल्य रु १३ हजारदेखि रु १८ हजारसम्म पर्ने गरेको छ । लामाले भन्नुभयो– “भेडा मरेपछि अन्य विकल्प नभएको मेरो परिवारको बिचल्ली हुने भो । महामारी कालीकोट हँुदै हुम्लाबाट बाजुरा पुगेको पशु स्वास्थ्यकर्मीको अनुमान छ ।

पशुसेवा केन्द्र रुगिनका इन्चार्ज देवनारायण जैसीका अनुसार पाणि गाउँमा, कोल्टी इन्चार्ज चक्रदेव जोशीका अनुसार कुरु गाउँमा र जिल्ला पशुसेवा कार्यालयका निमित्त प्रमुख सिद्धराज जैसीका अनुसार मानाकोट, दहकोट, जुगाडा, रुगिन, गोत्री र जिल्लीलगायत गाउँमा समेत महामारीबाट सयौँ भेडाबाख्रा बिरामी परेका छन् ।

क्षेत्रीय पशु रोग अन्वेषण प्रयोगशाला धनगढीका पशु प्राविधिकले महामारी फैलिएको क्षेत्रमा गरेको स्थलगत अध्ययनबाट पिपिआर नै भएको पुष्टि भएको कार्यालयका निमित्त प्रमुख जैसीले बताउनुभयो ।

रोग लागेपछि सिँगान बग्ने, ओठ पाक्ने, आँखामा कचेरा आउने र पातलो दिसा गर्ने लक्षण देखा पर्ने र तीन चार दिनमै मृत्यु हुने पशु चिकित्सकले बताए ।

महामारी नियन्त्रणका लागि कार्यालयमा रहेका पशु स्वास्थ्यकर्मीको टोली पहिलो चरणमा प्रभावित क्षेत्रमा परिचालन भएको निमित्त प्रमुख जैसीले बताउनुभयो । तर प्राविधिक मात्र गएर केही नहुने हुँदा पिपिआरविरुद्धको भ्याक्सिनबिना नियन्त्रण नहुने किसानले बताएका छन् ।

“यो महामारी फैलिएपछि सबै भेडाबाख्रालाई खोप लगाउनुपर्ने बताउँदै थप जैसीले सहायताका लागि केन्द्रमा अनुरोध गरेको तर दुई सात बित्दा पनि आजसम्म भ्याक्सिन नआएको बताउनुभयो ।

बाजुरामा ७१ हजार ५९४ बाख्रा र १८ हजार २३० भेडाच्याङ्ग्रा रहेको बताउँदै कार्यालयका प्राविधिक शङ्कर सिंहले भन्नुभयो – “आठ वर्षपछि बाजुरामा महामारी फर्किएर चुनौती आयो ।” रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी