गैँडाको आक्रमणबाट किशोरी गम्भीर घाइते

गैँडाको आक्रमणबाट किशोरी गम्भीर घाइते

  • शनिबार, माघ २, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

चितवन, २ माघ ।

चितवन निकुञ्जबाट निस्किएको दुर्लभ एकसिङ्गे गैँडाको आक्रमणबाट आज यहाँ एक किशोरी गम्भीर घाइते भएकी छिन् ।

पश्चिम चितवनको नारायण नगरपालिकामा बाटोमा हिँडिरहेकी किशोरीलाई गैँडाले आक्रमण गरेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

यसरी घाइते हुनेमा नारायणी नगरपालिका–१ अन्द्रोली बस्ने वर्ष २० कि सीमा कुमाल रहेको प्रहरीले जनाएको छ ।

बाटोमा हिँडिरहेका बेला एक्कासि गैँडाले हानेर उनलाई घाइते बनाएको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । अहिले उनको भरतपुर अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

गएको एक महिनामै चितवनमा गैँडाको आक्रमणबाट दुई जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी