माघ २ काठमाण्डौं । सामाजिक संञ्जाल ह्वाटस्अपको दुनियाँमा सञ्चालित ‘यो मायाको फूलबारी’ नामको लोकदोहोरी प्रतियोगिताका निर्णायकहरुको निर्णयलाई स्वीकार गरेपछि अन्योलता छाएको छ । ह्वाटस्अपको गु्रप च्याटमा आयोजित खुल्ला लोक दोहोरी प्रतियोगितामा खाडीका साउदी अरब, कतार, यूएई, मलेसिया र नेपालका गरी करिब १ सय ७२ लोकपारखीहरुले भाग लिएका थिए ।
कलाकारहरुको प्रस्तुति, शब्द उच्चारण, लय उठान, समयसीमा आदि सबै पक्षलाई विचार गरेर केही कलाकारहरुलाई निष्कासन गरिएको निर्णायक कमल निर्मोहीले बताएका छन् । तर, निर्णायकहरुको निर्णय बिरुद्ध कलाकारहरुलाई जथाभावी बोल्न उक्साएको भन्दै निर्णायकहरुले आपत्ति जनाएका छन् ।
निर्णय प्रक्रियामा आफूहरुलाई दबाब आएको भन्दै आफै निर्णय दिने भए किन निर्णायकको आवश्यकता पर्यो भनी दुवै जना निर्णायकले प्रतिप्रश्न गरेका छन् ।
कलाकार छनौट प्रक्रियामा दबाब आएका कारण बाध्यात्मक परिस्थिति आएको भन्दै निर्णायकहरुले उक्त जिम्मेवारी पूरा गर्न नसकिने घोषणा गरेपछि प्रतियोगिता अन्योलमा परेको छ । आफ्ना भनाइहरु राख्न नदिई निर्णायकहरुलाई प्रतियोगिताबाट अपमानपूर्ण तरिकाले हटाइनुमा आयोजकहरु नै अपरिपक्व रहेको एक कलाकारले बताए ।
सुखदुःखको चौतारी लोकदोहोरी समूहका एडमिन रहेका बुटवलका लोकगायक भट्राईले सुखदुःखको चौतारी नामको एल्बम पनि सार्वजनिक गरिसकेका छन् । उनले सामाजिक सञ्जालमा आयोजना हुने यस्ता दर्जनौं अनलाइन प्रतियोगितामा यूएईबाटै कुशल निर्णायकको भूमिका निर्वाह गरिसकेका छन् । यसअघिका सबै प्रतियोगितामा आयोजकहरु समझदार भएको तर यसपालि धेरै दबाब आएका कारण संगीतको मर्म नबुझने आयोजकसँग काम गर्न नहुने आफ्नो अनुभव भटराईले सुनाएका छन् ।
दाङ घर भएका मलेसियामा रहेका निर्णायक निर्मोही पनि लोकगीतको क्षेत्रमा केही सांगीतिक एल्बम सार्वजनिक गरिसकेका गायक हुन् । उनले करिब आधा दर्जन सांगीतिक एल्मम सार्वजनिक गरिसकेका छन् । उनले निर्णायकहरुको आफूहरुलाई दुव्र्यवहार गरेको आरोप लगाएका छन् ।
आफ्नो नियमित डियुटी गरी बचेको समयमा आयोजित लोकदोहोरी प्रतियोगिता गत जनवरी १ ताखिरबाट सुरु भएको थियो । करिब एक लाख रुपैयाँ राशिका आर्थिक पुरस्कार राखिएका कारण सामाजिक संञ्जालमा यसले निकै महत्व पाएको थियो । तर, आयोजकहरुले आफ्ना नजिकका कलाकारहरुलाई निर्णायकहरुले प्रतियोगिताबाट बाहिर गराएको भन्दै निष्काशित कलाकारलाई भड्काएको निर्णायकका रुपमा रहेका लोकदोहोरी गायक प्रेम भट्राईले बताएका छन् ।