काठमाण्डौ ,२ माघ ।
प्रधानमन्त्री केपि ओलीले भुकम्प आउनु १२ देखि २२ मिनेट भित्रै सुचना दिने प्रविधी देशका बिभिन्न स्थानमा जडान गर्ने बताउनु भएको छ ।
भुकम्प दिवशका अवसरमा आज बुङमतिमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले अब छिट्टै देशका मुख्य स्थानहरुमा भुकम्पको सुचना दिने प्रविधि जडान गर्ने बताउनु भयो ।
उहाले भन्नुभयो , “अब भुकम्प कहिले आउला भनेर जनताले पिर मान्नु पर्दैन ,मैले भुकम्पको पूर्व सुचना दिने प्रविधि नेपालमा पनि ल्याउने तयारि गदैछु । अब छिट्टै नै त्यो प्रविधि देशका बिभिन्न स्थानमा जडान हुनेछन् । ”
मान्छेलाई मात्रै हैन देवी देवताका मठ मन्दिरलाई पनि भुकम्पले असर पुयाएको भन्दै प्रधानमन्त्रीले अगाडि थप्नुभयो , अब जस्तो सुकै महाविनासकारी भुकम्प आएपनि बुङमतिमा रहेको रातो मछिन्द्रनाथ जस्तै अन्य कुनै धार्मिक स्थलमा क्षति पुग्दैन , कुनै असर गर्दैन । अब मन्दिर पनि भुकम्प प्रतिरोधात्मक निर्माण गरिनेछ । त्यस्तो योजना समेत ल्याएको छु ।
घरघरमा ग्यास पाईप जोडिदिने र हावाबाट बिजुली निकाल्छु भनेर केहि दिनदेखि चर्चाको बिषयमा बन्नुभएको प्रधानमन्त्रीले आफ्नो सो भनाईलाई बङग्याएर मिडियामा ल्यादिएको आरोप समेत लगाउनु भयो ।
उहाले भन्नु भयो , “उपत्यकाको जमिन मुनि ग्यास छ , त्यहि ग्यासलाई प्रयोग गरेर जनताको घरको चुलोसम्म ल्याईदिन्छु , तर त्यसका लागी समय लाग्छ पर्खनुहोस् भनेको थिए । तर त्यसको अपब्याख्या गरेर मिडियामा आयो र ममाथि व्याङग् गर्दै हास्ने काम भयो । ”
उहाले सबै राजनितिक दललाई आफ्नो तर्फबाट पुननिर्माणमा स्वयमसेवकका रुपमा युवा खटाउन आग्रह गर्नुभयो । नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले आफ्नो पार्टीले २७,२७६ अस्थाई घर निर्माण को व्याख्या गर्न चुक्नु भएन ।
सोहि अवसरमा प्रधानमन्त्री केपि ओली र उपत्यकाको दक्षीणी क्षेत्रको ललितपुर बस्ति बुङ्गमतिमा पुनर्निमाणको जिम्मा लिएको युएन ह्यावीट्याटका अध्यक्ष प्रेम भत्त महर्जनले नवनिर्माण सम्बिन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको थियो । महाभूकम्पले बढी क्षपति पुर्याएको बुङमती क्षेत्रमा पुननिर्माणको जिम्मा युएन ह्याविट्याटले लिएको छ ।
सोहि अवसरमा पुननिर्माण नक्सा पनि सार्वजनिक गरिएको थियो । बि स १९९० मा आजकै दिन २ बजेर २४ मिनेट जादा भुकम्प गएको थियो ।


