काठमाडौ २ माघ ।
गत वैशाख १२ को वनाशकारी भूकम्पको महिनौं बितिसक्दा पनि भूकम्पको पराकम्प जाने क्रम अझै रोकिएको छैन ।
यसैक्रममा गएराति दोलखा केन्द्रविन्दु भएर एउटा पराकम्प गएको छ । राति १० बजेर ५९ मिनेटमा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्ट स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि बेलुकी ६ बजेर ५० मिनेटमा पनि दोलखा नै केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको पराकम्प गएको थियो ।
बैशाख १२ यता हलसम्म ४ रेक्टर भन्दा माथिका ४ सय २३ भन्दा बढी पराकम्प गैसकेको केन्द्रले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline