तनहुँ, १ माघ ।
तनहुँका एक युवकको स्वाईनफ्लुको संक्रमणका कारण मृत्यु भएको छ । राजधानीको शिक्षण अस्पतालमा उपचाररत व्यास २, दमौलीका ३६ बर्षीय एक युवकको मृत्यु भएको हो ।
पुस १७ गते एक्कासी ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, रुघाखोकी लाग्ने लगायतका समस्या देखिएपछि उनलाई मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका लागि लगिएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारको लागि उनलाई काठमाडौंको शिक्षण अस्पतालमा राखिएकोमा उपचारका क्रममा मृत्यु भएको हो ।
‘स्वाईन फ्लुका कारण उनको मृत्यु भएको जानकारी अस्पतालले दिएको आफन्तले बताएका छन् । उनको शव आज साँझ दमौली र्पुयाईएको छ ।
सदरमुकाम दमौलीका अन्य तीन जनामा समेत स्वाईन फ्लु संक्रमणको आशंका गरिएको छ । उनीहरुको काठमाडौंका विभिन्न अस्पतालमा उपचार भईरहेको परिवारले जनाएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline