कोटेश्वर–कलंकी सडक विस्तार कार्य आजदेखि सुचारु ।

कोटेश्वर–कलंकी सडक विस्तार कार्य आजदेखि सुचारु ।

  • शुक्रबार, माघ १, २०७२
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाण्डौ, १ पुस ।

वैशाख १२ को भूकम्पपछि चिनियाँ कामदार फर्किदा रोकिएको कोटेश्वर–कलंकी सडक विस्तार कार्य आजदेखि सुचारु भएको छ । वैशाख १२ को शक्तिशाली भूकम्पपछि सबै चिनियाँ कामदार स्वदेश फर्किएपछि यो सडक निर्माणकार्य ठप्प भएको थियो ।

भूकम्पपछि फर्किएका चिनियाँ कामदार फर्कने अवस्था भएपनि गत असोजबाट भारतले लगाएको नाकाबन्दीका कारण सडक विस्तारकार्य पुन ः रोकिएको थियो । चिनियाँ कम्पनी संघाई कन्ट्रक्सन ग्रुपले निर्माण सुचारु गर्दै ललितपुरको बालकुमारीस्थित बागमती नदीमाथिको पक्की पुल बिस्तार थालेको छ ।

साइकल लेन र सडकको दुबैतर्फ फुटपाथ रहने गरी आठ लेनमा बिस्तार गर्न चिनियाँ कम्पनीले यो सडकको निर्माण थालेको हो । काठमाडौं चक्रपथ सुधार आयोजनाकाका अनुसार नाकाबन्दीले इन्धन अभाव हुँदा कामदार उपलब्ध भएर पनि रोकिएको बिस्तारकार्य सरकारले इन्धन उपलब्ध गराएपछि पुन : सुचारु भएको हो ।

करिब ३० प्रतिशत काम भएपछि यो सडक विस्तारकार्य रोकिएको थियो । ४० महिनामा निर्माण पुरा गर्ने योजनासहित यो सडक विस्तार कार्य सन् २०१३ बाट सुरु भएको थियो । यो सडक अबको डेढ वर्षमा निर्माण पुरा गरिसक्नुपर्नेछ । तर भूकम्प र नाकाबन्दीका कारण समयमै निर्माण पुरा हुन भने कठिन छ ।

यो सडकखण्डको कोटेश्वर चोकदेखि चार सय मिटर पर भाटभटेनी सुपरमार्केटसम्म मात्रै कालोपत्रे गरिएको छ । चीन सरकारको चार अर्ब रुपैयाँ आर्थिक सहयोगमा कोटेश्वर–कलंकी सडक विस्तार थालिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ