सिंहदरवारमा फोटो ठड्याउन प्रधानमन्त्री भएको होईन : ओली

सिंहदरवारमा फोटो ठड्याउन प्रधानमन्त्री भएको होईन : ओली

  • शुक्रबार, माघ १, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौँ, १ माघ ।
प्रधानमन्त्री केपी ओलीले जनताको चुलोसम्म ग्यास पाईप जडान गर्ने आफ्नो प्रतिबद्धतालाई हासीमजाकमा नउडाउन सबैलाई आग्रह गर्नुभएको छ ।

एक वर्षभित्र विद्युत् कटौतीको समाप्ति गर्न हावाबाट ऊर्जा उत्पादन तथा उपत्यकाभित्र विद्युतीय सवारीसाधन सञ्चालनमा ल्याउन आफू प्रतिबद्ध भएको दोहो¥याउदै यसलाई हासोमा नउडाउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “म जति दिन प्रधानमन्त्री पदमा रहन्छु, ती कार्य पूरा गर्न मेरो प्राथमिकतामा रहन्छ । यो मेरो अथक प्रयासलाई हँसीमजाकमा नउडाउन सबैसित आग्रह गर्दछु ।”

वरिष्ठ हृदयरोग विशेषज्ञ (कार्डियोलोजिस्ट) प्रा डा अरुण साय्मीको प्रमुख लेखनमा डा हेमन्त श्रेष्ठ र डा सूर्य देवकोटाले प्रकाशनमा ल्याउनुभएको ‘कार्डियोलोजी एन्ड क्रिटिकल केयर’ नामक पुस्तकको आज लोकार्पण गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो – कुरा काट्नेहरु काटिरहन्छन् तर म पछाडि फर्किन्नँ । ती कार्य पूरा गरेरै छाड्छु ।

“सिंहदरबारमा प्रधानमन्त्रीको तस्बिर ठड्याउन मात्र म सिंहदरबार गएको होइन, भूकम्प र अघोषित नाकाबन्दीले थिलथिलो भएको जनताको जीवनस्तरलाई माथि उकास्ने मेरो ध्येय छ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । आफूलाई केहीको पनि लोभ नभएको बताउँदै उहाँले भन्नुभयो – देश र जनताकै चिन्ता मात्र मलाई छ ।

प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा र सेवालाई थप सर्वसुलभ बनाउन सरकारले ध्यान दिएको पनि बताउनुभयो ।

पुस्तकका लेखक डा साय्मीले हृदयरोग शिक्षा र सेवाका बारेमा जानकारी दिन पुस्तक पठनीय रहने विश्वास व्यक्त गर्नुभयो । उहाँले भूकम्प र नाकाबन्दीले जनताको दैनिकी कष्टप्रद हुँदै गएकोतर्फ सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।

त्रिविवि चिकित्साशास्त्र अध्ययन संस्थान, चिकित्सा शिक्षा अध्ययन केन्द्रका निर्देशक प्रा डा जगदीश अग्रवालले चिकित्सा शिक्षाका बारेमा स्वदेशी लेखकलाई नै प्रोत्साहन दिन केन्द्रले पुस्तक प्रकाशन गर्ने जिम्मा लिएको बताउनुभयो ।

वरिष्ठ हृदयरोग विशेषज्ञ डा यादव भट्टले स्वास्थ्य प्रदायक सस्थामा पुस्तक पु¥याउन सहयोग गर्न सरकारसँग आग्रह गर्नुुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ