चार विद्यार्थी तीन दिनदेखि बेपत्ता

चार विद्यार्थी तीन दिनदेखि बेपत्ता

  • शुक्रबार, माघ १, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

पर्वत, १ माघ । यहाँका चारजना विद्यार्थी तीन दिनदेखि बेपत्ता छन् ।  सदरमुकाम कुश्माबजारस्थित नारायण उच्च माविमा कक्षा ९ मा अध्ययनरत कुश्मा नगरपालिका–१० का १४ वर्षीय अभिषेक शर्मा, सोही स्थानका १५ वर्षीय देवेन्द्र सार्की, कुश्मा नगरपालिका–८ का १४ वर्षीय कृष्णप्रसाद श्रेष्ठ र सोही ठाउँका १४ वर्षीय सुनिल जिसी सम्पर्कविहीन भएका हुन् ।

बुधबार बिहान विद्यालयमा ट्युसन पढ्न जाने भन्दै हिँडेका उनीहरु राति अबेरसम्म पनि घर नफर्किएपछि चारै जनाको खोजि भइरहेको छ । उनीहरु विद्यालयमा पुगेको र त्यो दिन ट्युसन पढाइ नभएपछि एक्कासि सम्पर्कविहीन भएका वेपत्ता विद्यार्थीका आफन्तले बताएका छन् । बाआमाले खोजविनका लागि जिल्ला प्रहरी कार्यालयलाई निवेदन दिएका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिनुभयो ।

“वेपत्ता विद्यार्थीको नाम, ठेगाना र हुलियासहित खोजतलास जारी राखेका छौँ” उहाँले भन्नुभयो । खोजीका लागि विभिन्न जिल्ला हुँदै सुनौली नाकासम्म पुगेको अभिषेक शर्माकी आमा अमृताले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ