काँग्रेस सभापति पदमा उम्मेदवारी पदमा उम्मेदवारी दिँदै सुजाता

काँग्रेस सभापति पदमा उम्मेदवारी पदमा उम्मेदवारी दिँदै सुजाता

  • शुक्रबार, माघ १, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

पाल्पा, १ माघ । नेपाली काँग्रेसका नेत्री सुजाता कोइरालाले तेह्रौँ महाधिवेशनमा आफूले पार्टी सभापति पदमा उम्मेदवारी दिने बताउनु भएको छ ।
नेपाल प्रेस युनियनद्वारा आज पाल्पामा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा नेत्री कोइरालाले अहिले पार्टी नेतृत्वमा रहेका तीनैजना नेताको विकल्प खोज्नुपर्ने विचार प्रकट गर्नुभयो । विकल्पका रुपमा आफूले उम्मेदवारी दिन लागेको उहाँको भनाइ थियो ।
उहाँले भन्नुभयो – “अब विकास नै राजनीति हो । त्यसकारण भारत र चीनसँग पनि सम्बन्ध सुधार्दै जानुपर्छ ।”
आसन्न १३औँ महाधिवेशनमा युवा वर्ग अगाडि आउनुपर्नेमा उहाँको जोड थियो । छिट्टै स्थानीय निकायको निर्वाचन हुन लागेकाले सबैले यसतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ