मेवा खोला लजविद्युत् चैतभित्रमा सञ्चालन हुने

मेवा खोला लजविद्युत् चैतभित्रमा सञ्चालन हुने

  • शुक्रबार, माघ १, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

खोटाङ, १ माघ ।

जिल्लामा निर्माणाधीन मेवा खोला जलविद्युत् आयोजना आगामी चैतभित्रमा सञ्चालन हुने भएको छ । गत भदौमा सञ्चालन गर्ने तयारीका साथ निर्माणको काम थालिएको एक मेगावाट क्षमताको जलविद्युत् आयोजनाको काम अन्तिम चरणमा पुगेकाले चैतभित्रमा सञ्चालन गर्ने तयारी गरिएको हो ।

करिब रु ३० करोडको लागतमा सम्पन्न हुने जलविद्युत् आयोजनाका लागि कुलो तथा ड्याम निर्माण, विद्युत् गृह निर्माण, ह्युम पाइप जडान, वाइरिङलगायतका काम अन्तिम चरणमा पुगेको आयोजना प्रमुख ललितकुमार राईले बताउनुभयो । लफ्याङस्थित मेवा खोलाबाट उत्पादन गर्न लागिएको विद्युत् केन्द्रीय प्रसारण लाइनको बुइपा सवस्टेसनमा जोड्न पोल गाड्ने काम पनि सुरु गरिएको छ ।

विद्युत् आयोजनाका लागि सानिमा र बैंक अफ काठमाण्डूको ७० प्रतिशत तथा उपभोक्ताको ३० प्रतिशत लगानी रहेको छ । बैंकले लगानी गर्ने ७० प्रतिशत रकममध्ये सानिमाले ६० र बैंक अफ काठमाण्डूले ४० प्रतिशत लगानी गरिसकेको आयोजनाका प्रबन्ध निर्देशक अर्जुन राईले बताउनुभयो । “विद्युत् आयोजना सञ्चालन भएपछि जिल्लाका उपभोक्ताले विद्युत्भार कटौतीको मार खेप्नु पर्दैन ।” उहाँले भन्नुभयो – “विद्युत्भार कटौती मुक्त भएसँगै जिल्लामा उद्योगलगायत अन्य विकासका काममा समेत सघाउ पुग्ने छ ।”

विद्युत्भार कटौतीको मार खेपिरहेका जिल्लावासी चैतभित्रमा मेवा खोला जलविद्युत् सञ्चालन हुने कुराले हर्षित भएका छन् । विद्युत् आयोजना उत्पादनको काम २०७० सालबाट सुरु भएको थियो ।

अठारौँ जिल्ला परिषद्ले जिल्लालाई विद्युत्भार कटौती मुक्त बनाउने योजना पारित गरेपछि जिल्लामा विद्युत् विस्तारका काम द्रुत गतिमा भइरहेको छ । मेवा खोलाबाहेक जिल्लामा साना ठूला गरी झन्डै डेढ दर्जन लघुजलविद्युत् योजना सञ्चालनमा छन् ।

जिल्लामा विस्तार गरिएको केन्द्रीय प्रसारण लाइनको विद्युत् ३८ गाविसका ११ हजार घरधुरीले उपभोग गरिरहेका छन् । ७२ गाविस र एक नगरपालिका रहेको जिल्लाका अन्य गाविसमा समेत विस्तार गर्ने तयारी गरिएको प्राधिकरणले जनाएको छ । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी