तारुकामा आज १५ हल गोरु जुधाइदै

तारुकामा आज १५ हल गोरु जुधाइदै

  • शुक्रबार, माघ १, २०७२
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौ १ माघ ।  

नुवाकोटको तारुकामा माघे संक्रान्ती पर्वको अवसरमा आज गोरु जुधाइदै छ । यो वर्ष पनि तारुकामा १५ हल गोरु जुधाइने तयारी भएको छ ।

मेलाका अवसरमा हुने गोरु जुधाइका लागि सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । तारुकामा गोरु जुधाएको हेर्न काठमाडौ उपत्यका र आसपासका क्षेत्रबाट वर्षेनी सायौंको संख्यमा आन्तरिक पर्यटक जाने गरेका छन् ।

सदरमुकाम विदुरदेखि २२ किलोमिटर दुरीमा रहेको तारुका गाविसको ऐतिहासिक महत्व बोकेको गोरु जुधाई मेला प्रत्येक वर्षको माघे संक्रान्तिका दिन भव्य रुपमा गरिदै आएको छ ।

यो जात्रालाई राष्ट्रिय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार प्रसार गर्न सके स्थानीय गरीबी निवारण तथा सम्मुनत गाउँ निर्माणमा मदत पुग्ने आयोजकको भनाई छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ