संविधानले कसैलाई विभेद गरेको छैन : ओली

संविधानले कसैलाई विभेद गरेको छैन : ओली

  • बिहिबार, पुस ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

काठमाण्डौ, ३० पुस ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको संबिधानले कसैलाई विभेद नगरेको बताउनुभएको छ ।

दक्षिण एसियाली मानव अधिकार सङ्घ(सार)को प्रतिनिधिमण्डलसँग आज साँझ भएको भेटमा प्रधानमन्त्री ओलीले संविधानको बारेमा केही व्यक्ति र समूहले अपव्याख्या गरेर अस्थिरता सृजना गर्न खोजेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले ८६ प्रतिशत सभासदले हस्ताक्षर गरेर जारी गरेको संविधानलाई लोकतान्त्रिक मान्नुपर्ने बताउँदै भन्नुभयो, “यो संविधान जारी गर्ने विधि पनि लोकतान्त्रिक छ ।

मधेसमा संविधान त आयो तर तिमीहरुले के पायौ भनेर जनतालाई उत्तेजित पार्ने काम मात्र भएको प्रधानमन्त्री ओलीले उल्लेख गर्नु भयो । “संविधानले दाल चामल दिँदैन यसले जनतालाई अधिकार दिन्छ, समानता दिन्छ” प्रधानमन्त्रीले भन्नुभयो ।

प्रम ओलीले नेपाल र भारतबीच सदैव मित्रवत सम्बन्ध रहेको बताउँदै यसलाई कुनै पनि हिसाबले अपव्याख्या गर्नुनहुने धारणा राख्नु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ