कालोबजारी, तस्करी नियन्त्रण गर्न सरकार गम्भीर :गृहमन्त्री

कालोबजारी, तस्करी नियन्त्रण गर्न सरकार गम्भीर :गृहमन्त्री

  • बिहिबार, पुस ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

पोखरा, ३० पुस ।

गृहमन्त्री शक्तिबहादुर बस्नेतले अहिलेको नाकाबन्दीबाट कसैले पनि कालोबजारी र तस्करी गरी अनुचित फाइदा नलिओस् भनेर सरकार गम्भीरतापूर्वक लागेको बताउनुभएको छ । 

शिक्षा, स्वास्थ्य, खेलकुद तथा पर्यटन प्रवद्र्धनका लागि युनाईटेड क्लब पोखराले आजदेखि अमरसिंह चौरमा सुरु गरेको छैटौँ पोखरा महोत्सवको उद्घाटन गर्दै उहाँले यस्ता विकृति नियन्त्रण गरी अत्यावश्यक वस्तुको सहज आपूर्तिको व्यवस्था मिलाउन सरकारको ध्यान आकर्षण भएको उल्लेख गर्नु भयो ।

उहाँले केही दिनपछि आपूर्तिमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

संविधानसभाबाट जारी भएको संविधान विश्वमै लोकतान्त्रिक र समावेशी भएको टिप्पणी गर्दै उहाँले भन्नुभयो संविधानमा चित्त नबुझेका कुरा संशोधनबाट परिवर्तन गर्न सकिन्छ, परिवर्तनका लागि अब कसैले पनि सडक सङ्घर्ष र हतियारको राजनीति गर्नु पर्दैन ।

सांसद शारदा पौडेलले युनाइटेड क्लबले शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन क्षेत्रको विकास गर्ने भनेर लिएको लक्ष्य साकार पार्न आफूले सक्दो सहयोग गर्ने वचन दिनुभयो ।

कार्यक्रममा एकीकृत नेकपा (माओवादी) कास्कीका अध्यक्ष दीपक कोइराला, राप्रपा नेपालका अध्यक्ष जयलाल पुन, वीरगन्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष अशोक वैद्य, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, रवीन्द्रबहादुर प्रजु, सञ्जीवबहादुर कोइरालालगायतका वक्ताले महोत्सवका बारेमा बोल्नुभएको थियो ।

युवाको जाँगर राष्ट निर्माणको आधार भन्ने मूल नाराका साथ आयोजना गरिन लागिएको सो महोत्सव आगामी माघ १० गतेसम्म चल्ने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ