काठमाडौँ टावर निर्माण प्रक्रिया प्रभावित

काठमाडौँ टावर निर्माण प्रक्रिया प्रभावित

  • बिहिबार, पुस ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

काठमाडौँ, ३० पुस ।

सवारी साधन व्यवस्थापनको उपयुक्त विकल्प निश्चित नहुँदा राजधानीको पुरानो बसपार्कमा निर्माण गर्ने भनिएको काठमाडौँ टावर निर्माण प्रक्रिया प्रभावित हुने भएको छ । 

पुरानो बसपार्कबाट दैनिक साना ठूला गरी करिब दश हजार बढी सवारी साधन आवतजावत गर्छन । सोही यातायातको साधनको उचित व्यवस्थापनका लागि उपयुक्त स्थान चयन गर्न नसक्दा निर्माण कहिलेबाट सुरु गर्नेमा अझै अन्योल रहेको काठमाडौँ महानगरपालिकाका राजस्व महाशाखा प्रमुख महेश काफ्लेले जानकारी दिनुभयो ।

प्रमुख काफ्लेका अनुसार भवनको निर्माण गत वैशाखको अन्तिमबाट सुरु गर्ने भनिए पनि भूकम्प तथा त्यसपछिका परकम्प र भूकम्पपश्चात भवन निर्माणको मापदण्डमा फेरबदल गर्न लागिएकाले काम सुरु गर्न नसकिएको हो । महानगरका अनुसार पुरानो बसपार्कको विकल्पका रुपमा तीनकुने, नयाँबसपार्क र रत्नपार्कलाई राखिएको छ । सोही तीन स्थानमध्ये कुनै एक स्थानलाई निर्माणको समयभरी पार्क गर्ने स्थान बनाइएपछि निर्माणको काम सुरु गरिने छ ।
टावरको भवन २५ वा २१ तले बनाउने भन्ने योजना रहेको छ । भवन पूर्णरुपमा भूकम्पप्रतिरोधात्मक बनाइने छ । सो सुविधासम्पन्न भवनको विस्तृत अध्ययन प्रतिवेदन(डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कनसमेत तयार भइसकेको थियो । महानगरपालिकाले टावर निर्माणका लागि जलेश्वर, स्वछन्द र विकोइसँग सम्झौता गरिसकेको छ । सम्झौताअनुसार ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउनेछन् । काम सुरु भएको पाँच वर्षभित्र सो टावर बनाइसक्नुपर्ने छ भने त्यसपछिका २५ वर्ष सञ्चालन अवधि रहनेछ भने नेपालमा हालसम्म बनेका भवनभन्दा पृथक र अत्याधुनिक हुने बताइएको छ ।

सो टावरको लागत रु तीन अर्ब ५० करोड पुग्ने अनुमान गरिएको महानगरपालिकाले जानकारी दिएको छ । भवनको सबैभन्दा तल अर्थात् ग्राउन्ड फ्लोरमा बसको पार्किङ रहनेछ । त्यस्तै, त्यसको माथि दुई तलामा हलुका गाडीको पार्किङ, व्यवस्थित सिनेमा हल, स्वीमिङ पुल, रेष्टु राँ, बैंक तथा महानगरपालिकाको वडा कार्यालयसमेत रहनेछ । भवनका लागि २३ रोपनी ५ आना जग्गा छुट्याइएको छ । सो भवन नेपाली कला, संस्कृति झल्किने खालको हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ