प्राङ्गारिक फापर राजधानी भित्रिदै

प्राङ्गारिक फापर राजधानी भित्रिदै

  • बिहिबार, पुस ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

जुम्ला, ३० पुस ।

कर्णालीमा उत्पादित रु साढे २८ लाखको प्राङ्गारिक सिमी र फापर केही दिनमै काठमाडौँ भित्र्ने भएको छ । 

नेपाल खाद्य संस्थान शाखा कार्यालय जुम्लाले सिमी प्रतिकिलो रु ११० र फापर प्रतिकिलो रु ८५ का दरले कृषकबाट खरिद गरिरहेको छ । कर्णालीको प्राङ्गारिक अन्न काठमाडौँ भित्र्याइ त्यसको पहिचान गराउने उद्देश्यले सरकारले यो योजना ल्याएको संस्थान शाखा कार्यालय प्रमुख पूर्णप्रसाद दाहालले बताउनुभयो ।

संस्थानले डोल्पाबाहेक कर्णालीका जुम्ला, हुम्ला, कालिकोट र मुगुबाट सिमी ३८० क्विन्टल र फापर २२० क्विन्टल खरिद गर्ने जिम्मा लिएको छ भने सरकारले सो कार्यका लागि रु एक करोड बजेट विनियोजन गरेको छ । खाद्य संस्थान केन्द्रीय कार्यालयको निर्देशनअनुसार जिल्लाबाट सिमी १५० क्विन्टल र फापर १४० क्विन्टल खरिद गर्न लागिएको संस्थानका अधिकृत प्रेमनारायण अर्यालले जानकारी दिनुभयो ।

कृषकले ल्याएका सिमी, फापर संस्थानको प्राङ्गणमा नै उनीहरुलाई केलाउन र नापतौलका साथ प्याकिङ गर्न लगाइएको छ । सिमी, फापर दुवै बाली बिक्रीको सूचना गरेपश्चात् दर्जनौँ कृषकले नाम दर्ता गराएका थिए । महावैपाथरखोला–७ का कृषक नयाँबहादुर शाहीले भने आफूले ४१ क्विन्टल फापर ल्याएकामा ११ क्विन्टल फर्काउनु परेको दुःखेसो गर्नुभयो । त्यस्तै सिमी व्यापारी कर्णबहादुर अधिकारी र दलबहादुर अधिकारीले पनि आफूहरुले ल्याएको सिमी सबै संस्थानले लिइदिनुपर्ने बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी