२५ जनाबाट शुरु भएको संस्थाको शेयर सदस्य ११ हजार पुग्यो

२५ जनाबाट शुरु भएको संस्थाको शेयर सदस्य ११ हजार पुग्यो

  • बिहिबार, पुस ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 10.3K
    SHARES

राजविराज पूस ३० । २५ जना शेयर सदस्य तथा उनीहरुबाट संकलित शेयर सदस्य शुल्क बापतको १ लाख २५ हजार रुपैयाँबाट शुरु गरेको एक सहकारी संस्थाले १५ वर्षमा ३५ करोड रुपैयाँको कारोवार गरेको छ भने शेयर सदस्यको संख्या ११ हजार पुगेको छ ।
२०५७ सालमा सहकारीका माध्यमबाट गरिवी निवारण, विपन्न समुदायको जीवनस्तरमा सुधार, महिला स्वरोजगार तथा बचत गर्ने प्रवृत्तिको विकास गर्ने उद्देश्यले स्थापना भएको ग्लोवल बहुमुखी सहकारी संस्था लि. राजविराजले सो प्रगति प्राप्त गरेको हो ।
संस्थाले अहिले जिल्लाको विभिन्न गाविसमा गरिवी निवारण, महिला स्वरोजगार, सीप विकास, नेतृत्व विकास, लघुवित्त कर्जा, एम्बुलेन्स सेवा, आयमूलक, प्रजनन, स्वास्थ्य, परेवा, गाई पालन लगायतका कार्यव्रmम सँगसँगै नौलो र सिर्जनशील अवधारणा, “मुठिया बचत योजना र विकास कार्यव्रmम” (दैनिक एकमुठी चामल बचत गर्ने कार्यव्रmम) लगायतका गतिविधी बढाउँदै शेयर सदस्य संख्या र कारोवार बढाउन सफल भएको छ ।

संस्थाले जिल्लाका झण्डै आधा भागमा मुठिया बचत तथा गरिवी निवारणका अन्य कार्यव्रmमहरु विस्तार गरिसकेको छ । संस्थाले हाल सञ्चालनमा ल्याएको कार्यव्रmमहरुमा ३५ करोड रुपैयाँको कारोवार गर्न पनि भ्याएको छ ।
उक्त सहकारीको १५ औं वार्षिक साधारण सभा बुधबार यहाँ मनाउने व्रmममा कार्यवाहक अध्यक्ष भोला रमण उप्रेतीले संस्थाका पदाधिकारी, शेयर सदस्य, स्वयंसेविका तथा सहकर्मीहरुको व्रिmयाशीलताले नै यो सफलता प्राप्त भएको बताए ।
संस्थाका संस्थापक अध्यक्ष एवम् लघुवित्त विज्ञ सुखराम यादवद्वारा प्रतिपादीत “मुठिया बचत योजना र विकास कार्यव्रmम” निकै लोकप्रिय भएकाले संस्थाले फर्को मार्नसकेको कार्यवाहक अध्यक्ष उप्रेतीको भनाई थियो । संस्थापक अध्यक्ष सुखराम यादवले २०५७ सालमा २५ जना शेयर सदस्यबाट संकलित १ लाख ३५ हजार रुपैयाँबाट सञ्चालन गरिएको उक्त संस्थामा हाल ११ हजार शेयर सदस्य आबद्ध भएको र ३५ करोडभन्दा बढीको कारोवार गर्न सफल भएकोमा प्रसन्नता ब्यक्त गर्दै संस्थामा आबद्ध सवै सहकारीकर्मीको सव्रिmयताले नै यत्रो ठुलो उपलब्धी प्राप्त भएको बताए ।
यसपल्ट मधेश आन्दोलनका कारण विभिन्न कार्यव्रmममा सोचे जति काम गर्न नसकिए पनि थोरै बहुत काम गरेर २ लाख ३८ हजार ५ सय २२ रुपैयाँ खुद नाफा गरेको साधारण सभामा जानकारी गराईएको छ ।
संस्थाले आफ्नै कोष तथा दातृ निकायको सहयोगबाट जिल्लाभरका २५ हजार भन्दा बढि महिलाहरुलाई विभिन्न आयआर्जन तथा शीपमूलक कार्यव्रmममा समेट्न सकेको जानकारी दिईएको छ ।
समाजसेवा, परोपकार, सीप र नेतृत्व विकास तथा बचत सँस्कृतिको विकास मूल उद्देश्य बोकेको उक्त संस्थाले विगत १५ वर्षदेखि शिक्षा, स्वास्थ्य र स्वरोजगारतर्पm पनि विशेष कार्यव्रmम लागु गरेको संस्थाका वित्तीय प्रवन्धक पंकज पोखरेलले बताए ।
आफ्ना सदस्यहरुलाई स्वरोजगारका लागि शीप विकास र आयआर्जनमूलक तालिम दिनुका साथै लघुवित्त र विना धितो कर्जा उपलब्ध गराउँदै आएको र चाँडै नै सिंचाई क्षेत्रमा समेत आफ्नो गतिविधी अघि बढाउने तैयारी थालिएको संस्थाका फिल्ड इन्चार्ज राम नारायण मेहताले जानकारी दिए ।
संस्थाले बचत संकलनबाट प्राप्त रकम आन्तरीक ऋण परिचालन गरी बचतकर्तालाई साना ब्यापार, पशुपालन लगायतका अन्य आयश्रोत जुटाउन विना धितो ऋण दिने गरेको ब्यवस्थापक अमिर यादवले बताए । उनले भने– “नगद रुपैयाँ जम्मा गर्न नसक्ने महिलालाई दैनिक एक मुठी चामल नै बचत गरेर आयआर्जनको राम्रो श्रोत बनाउने काम भएको छ ।”
संस्थाले ग्रामीण स्वावलम्वन विकास कोष, नेपाल सरकार, युवा तथा साना ब्यवसायी स्वरोजगार कोष, विश्व बैंक, गरिवी निवारण कोष, राष्ट्रिय सहकारी बैंक, कमर्सियल एग्रीकल्चर एलाइन्स लगायतकासँग अनुदान कार्यव्रmम एवम् शुलभ थोक कर्जा कारोवार समेत गर्दै आएको छ ।
त्यस्तै संस्थाले डिभिजन सहकारी, नगरपालिका, भूमिगत जलश्रोत, कृषि विकास, पशु, घरेलु तथा साना उद्योग, जनस्वास्थ्य, शिक्षा, व्रmेस नेपाल, महिला वातावरण तथा ग्रामीण विकास, सार्वजनिक सरोकार केन्द्र, नागरिक समाज, महिला उद्यमी संघ लगायतका कार्यालय र संघ संस्थाहरुसँग निरन्तर समन्वय र सहकार्य गरी आफ्नो गतिविधी अघि बढाउँदै आएको छ ।
संस्थाले हाल ११ जना कर्मचारी र २ सय ७५ जना महिला स्वयंसेविकालाई रोजगारी प्रदान गर्दै आफ्ना गतिविधीहरु सञ्चालन गर्दै आएको छ ।
संस्थाका कार्यवाहक अध्यक्ष भोला रमण उप्रेतीको अध्यक्षता एवम् समाजसेवी मञ्जु श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित साधारण सभामा प्रेस काउन्सिलका सदस्य मुरली प्रसाद यादव, सर्वजनिक सरोकार केन्द्र, सप्तरीका अध्यक्ष राम कुमार यादव, डा. काशिनाथ यादव, पत्रकार महासंघ सप्तरीका कोषाध्यक्ष एम.के.माझी, संस्थाका संस्थापक सदस्य उमेश प्रसाद यादव,राम कुमार यादव, स्वयंसेविका फुलकुमारी राम, स्थानीय कलाकार जिवछ दास, स्वयंसेवक विरेन्द्र सदा, कर्मचारी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जोगेन्द्र प्रसाद देव, महिला उद्यमी संघका कोषाध्यक्ष ललिता मण्डल लगायतले शुभकामना दिएका थिए ।
संस्थाकी सञ्चालक समिति सदस्य लिला ठाकुरले स्वागत गरेकी कार्यव्रmममा लेखा संयोजक गणेशी साहले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यसैबीच साधारण सभाको बन्द सत्रले संस्थाका कार्यवाहक अध्यक्ष उप्रेतीलाई अध्यक्ष, सञ्चालक सदस्य मुरली प्रसाद यादवलाई उपाध्यक्ष तथा रिक्त रहेको सञ्चालक सदस्य पदमा शेयर सदस्य विरेन्द्र सदालाई आगामी ४ वर्ष कार्यकालका लागि सर्वसम्मतले चयन गरिएको सो संस्थाले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी