कक्षा ११ को नतिजा आज प्रकाशन हुदै

कक्षा ११ को नतिजा आज प्रकाशन हुदै

  • बिहिबार, पुस ३०, २०७२
  • मिर्मिरे अनलाइन

  • 5K
    SHARES

काठमाडौ, ३० पुस ।

उच्च माध्यमिक शिक्षा परिषदले कक्षा ११ को परीक्षाको नतिजा आज सार्वजनिक गर्ने भएको छ ।

सबै तयारी पुरा भइसकेकाले आज परीक्षाफल प्रकाशित गर्ने उच्च शिक्षा माध्यामिक शिक्षा परिषदले जनाएको छ । परीक्षाफल प्रकाशित गर्नुअघि अहिले परीक्षा समितिको बैठक बस्दैछ ।

परीक्षा उपनियन्त्रक कृष्णप्रसाद घिमिरेले आज परीक्षाफल सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । सबै तयारी पुरा भइसकेको र कुनै समस्या नआए आज बेलुकासम्म सार्वजनिक गरिने पनि उहाँले बताउनुभयो ।

स्रोतका अनुसार बेलुका ४ देखि ५ बजेसम्म परीक्षाफल प्रकाशित गर्ने तयारी छ । उच्च माध्यमिक शिक्षा परिषदले गत असार १ गतेबाट सञ्चालन गरेको कक्षा ११ को परीक्षामा करिब ५ लाख विद्यार्थीहरु सहभागी भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ