बर्दिया, ३० पुस ।
पाँच वर्षीया छोरीको हत्याको आरोपमा एक जना बाबु पक्राउ परेका छन् ।
बर्दियाको बासगडी नगरपालिका–७ शङ्करिया गाउँका ३४ वर्षीय पूर्णबहादुर राजीलाई आफ्नै पाँच वर्षीया छोरी खगिसरा राजीको हत्याको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, बर्दियाका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले छोरीलाई कुटपिट गरेर हत्या गरी आफ्नै घर अगाडिको खाल्टोमा गाडेको आरोपमा बुबा पूर्णबहादुर राजीलाई पक्राउ गरिएको बताउनुभयो ।
हत्या के कारणले भएको हो भन्नेबारे अनुसन्धान भइरहेको गिरीको भनाई छ । मृतक बालिका स्थानीय कालिका प्राविमा १ कक्षामा अध्ययनरत थिइन ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline