मोटरसाइकलबाट घर पु¥याइदिने आश्वासन दिएर बलात्कार

मोटरसाइकलबाट घर पु¥याइदिने आश्वासन दिएर बलात्कार

  • बुधबार, पुस २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.5K
    SHARES

पाँचथर, २९ पुस । आफन्तकामा आएकी बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका एक व्यक्तिलाई प्रहरीले आज सार्वजनिक गरेको छ । 

फिदिम नगरपालिका–३ का २२ वर्षीय सुवास मगरले नगरपालिका–२ पल्लोेटारमा आफन्तकामा आएकी सिदिनकी एक बालिकालाई घर पु¥याइदिने आश्वासन दिएर आफ्नो मोटरसाइकलमा राखेर लाने क्रममा पल्लोटार जाने बाटोको एक खोल्सीमा जबर्जस्ती करणी गरेको पीडितलाई उद्धृत गर्दै प्रहरीले जानकारी दिएको छ ।

गत सोमबार राति अन्दाजी ८ः३० बजे सो खोल्सीमा मोटरसाइकल रोकेर विवाह गर्छु भन्दै ललाइफकाइ गर्दा आफू नमानेपछि मगरले जबर्जस्ती करणी गरेको पीडितले जाहेरीमा खुलाएका छन् ।
बालिकाको जाहेरीका आधारमा मगरलाई पक्राउ गरी जबर्जस्ती करणीअन्तर्गत म्याद थप गरी थप अनुसन्धान थालिएको छ । मगरले पीडित बालिकालाई फिदिम नगरपालिका–१ शनिबारेदेखि आफन्तकामा पु¥याइदिने भन्दै आफ्नो मोटरसाइकलमा चढाएको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ