नाट्टा निर्वाचनका लागि दुई समूहको प्यानलसहित एजेन्डा सार्वजनिक

नाट्टा निर्वाचनका लागि दुई समूहको प्यानलसहित एजेन्डा सार्वजनिक

  • बुधबार, पुस २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काठमाडौँ, २९ पुस । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)को आसन्न निर्वाचनका लागि दुई भिन्न समूहले आज आ–आफ्नो प्यानलसहित एजेन्डा सार्वजनिक गरेका छन् । 

‘शम्भुराज पाठक र मिहिका धाख्वा’ समूहले फरक फरक पत्रकार सम्मेलन गरी आफ्ना आगामी योजना घोषणा गरेका हुन् । दुवै समूहले पर्यटनको क्षेत्रमा लामो अनुभव भएको र भूकम्प र पछिल्लो अघोषित नाकाबन्दीले थलिएको मुलुकको पर्यटन प्रवद्र्धनका लागि प्रभावकारी काम गर्ने प्रतिबद्धता जनाएका छन् । यसअघि हिजो मङ्गलबार मधुसुधन आचार्यको समूहले प्यानलसहित एजेन्डा घोषणा गरेको थियो ।

नाट्टाका प्रथम उपाध्यक्षसमेत रहनुभएका आगामी निर्वाचनमा अध्यक्षका प्रत्यासी पाठकले संस्थाको व्यावसायिकतालाई मध्यनजर गरी पर्यटन प्रवद्र्धनका कामलाई विशेष प्राथमिकता दिने बताउनुभयो ।

हाल विदेशमा मात्र भइरहेको ट्राभल मार्टलाई नेपालमै व्यवस्थित ढङ्गले आयोजना गर्ने योजना रहेको उहाँले उल्लेख गर्नुभयो ।

उक्त समूहका प्रथम उपाध्यक्षका प्रत्यासी नारायणप्रसाद गुरुङ र महासचिवका प्रत्यासी दिव्या प्रभा साहीले संस्थालाई नयाँ उचाइमा लैजान विशेष कार्यक्रम ल्याइने बताउनुभयो ।

यसैबीच निर्वाचनको दौरानमा रहेको अर्को समूह नाट्टाकी महासचिवसमेत रहनुभएकी अध्यक्षका प्रत्यासी मिहिका धाख्वाले आफ्नो समूह युवा जुजारु भएकाले संस्थाको सुदृढीकरणसँगै पर्यटन प्रवद्र्धनमा विशेष ध्यान दिने बताउनुभयो ।

उहाँले अर्थतन्त्रको मूख्य आधार पर्यटन उद्योगको विकास विस्तारका लागि अनुसन्धान तथा नयाँ गन्तव्यको पहिचान र प्रवद्र्धनमा जोड दिने उल्लेख गर्नुभयो ।

सोही समूहका प्रथम उपाध्यक्षका प्रत्यासी केदारनाथ दबाडी र महासचिव ठाकुरप्रसाद ढुङ्गानाले संस्था सुधारका प्रतिबद्धता सुनाउनुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी