मन्त्रिपरिषद् विस्तारविरुद्धको रिट खारेज

मन्त्रिपरिषद् विस्तारविरुद्धको रिट खारेज

  • बुधबार, पुस २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

काठमाडौँ, २९ पुस ।

मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिट निवेदन आज सर्वोच्च अदालतले खारेज गरेको छ ।

प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले उक्त रिट खारेज गरेको हो । रिटमा सर्वोच्चले सरकारलाई मन्त्रिपरिषद् विस्तार गर्नुका कारण देखाउ आदेश दिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्क्रमणकालीन आवश्यकताअनुसार मन्त्रालय थपघट गरी मन्त्रिपरिषद् विस्तार गर्नुपरेका कारण दर्शाउँदै सर्वोच्च अदालतलाई मङ्गलबार लिखित जवाफ पठाउनुभएको थियो ।

नेपालको संविधान अनुसार २५ जनाभन्दा बढी मन्त्री राख्न नसकिने भन्दै अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले यही पुस १२ गते सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको थियो ।

लिखित जवाफमा २५ जनाभन्दा बढी सङ्ख्या मन्त्री राख्ने राजनीतिक विषय भएकाले न्यायिक पुनरावलोकन नहुने जिकिर गरिएको थियो ।

प्रधानन्यायाधीश कल्याण श्रेष्ठको एकल इजलासले यही पुस १४ गते मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने कारण पेस गर्न विपक्षीका नाममा कारण देखाउ आदेश दिएको थियो । रासस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ