चार बहालवाला मन्त्रीलाई जरिवाना

चार बहालवाला मन्त्रीलाई जरिवाना

  • बुधबार, पुस २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाण्डौ, २९ पुस ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ति विवरण नबुझाउने चार बहालवाला मन्त्रीलाई ५ हजार जरिवाना तिराउने निर्णय गरेको छ ।

यस्तै पूर्व अर्थमन्त्री रामशरण महत र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव पनि कारबाहीमा परेका छन् । अख्तियारले सम्पत्ति विवरण नबुझाउने २४ हजार ३७६ जनालाई ५ हजारको दरले जरिवाना गर्ने निर्णय गरेको हो । अख्तियारका प्रवक्ता कृष्णहरि पुस्करले भन्नुभयो, ‘सम्पत्ति विवरण नबुझाउनेलाई ५ हजार जरिवाना हुन्छ ।’

अख्तियारको कारबाहीमा पर्नेमा चार बहालवाला मन्त्रीमा एकनाथ ढकाल, कुन्ती साही, दिनेश श्रेष्ठ र विराट विस्ट छन् । ढकाल शान्तिमन्त्री, शाही स्थानीय विकास राज्यमन्त्री, श्रेष्ठ भूमिसुधार तथा व्यवस्था र विष्ट स्थानीय विकास सहायकमन्त्री हुन् । चारै जनाले सांसद हुँदा सम्पत्ति विवरण नबुझाएका थिएनन् ।

पूर्व अर्थमन्त्री महतले पनि सम्पत्ति विवरण बुझाएका थिएनन् । पूर्व उजामन्त्री राधा ज्ञवाली र महिला बालबालिका तथा समाज कल्याणमन्त्री निलम केसीले तोकिएको समयभन्दा पछि सम्पत्ति विवरण बुझाएका थिइन् ।

यस्तै सम्पत्ति विवरण नबुझाउनेमा मधेसी मोर्चाका नेताहरु उपेन्द्र यादव, लक्ष्मणलाल कर्णसहितका ३७ सांसद पनि छन् । यस्तै १५ सांसदले पनि तोकिएको समय भन्दा ढिलो विवरण बुझाएको राष्ट्रिय सतर्कता केन्द्रले जनाएको छ । अब ५ हजार बुझाएर एक महिनाभित्र सम्पत्ति विवरण बुझाउन मौका दिइनेछ । यदि यो समयमा पनि सम्पत्ति विवरण नबुझाएमा अकुत सम्पत्तिमा समेत छानविन हुने अख्तियारले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ