११ जिल्लामा सिडियोको सरुवा ।

११ जिल्लामा सिडियोको सरुवा ।

  • बुधबार, पुस २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

काठमाण्डौ, २९ पुस ।

गृहमन्त्रालयले ११ जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ ।

भक्तपुरका तोयम रायलाई मोरङ सरुवा गरिएको छ भने झापाका तेजप्रसाद पौडेललाई भक्तपुर ल्याइएको छ ।
काभ्रेका मदन भुजेललाई झापा सरुवा गरिएको छ ।

त्यस्तै, सुर्खेतका बलदेव गौतमलाई गोर्खा र बाराका बालकृष्ण पन्थीलाई काभ्रे सरुवा गरिएको छ । प्रहरी किताबखानाका कृष्ण ढुंगानालाई बारा सरुवा गरिएको छ ।

तनहुँका महादेव पन्थलाई नवलपरासी सरुवा गरिएको छ । गृहमन्त्रालयका पुरुषोत्तम कुँवरलाई तनहुँको सिडियो बनाएर पठाइएको छ ।

बर्दियामा विष्णु थापालाई कायम मुकायम प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएर पठाइएको छ । थापा त्रिभुवन विमानस्थलको अध्यागमन कार्यालयमा थिए ।

त्यसैगरी गोरखाका उद्धव तिमिल्सिनालाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा तानिएको छ ।

त्यसैगरी मन्त्रालयको शान्ति सुरक्षा महाशाखामा यादव कोइरालालाई सरुवा गरिएको गृहमन्त्रालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ