लामो समयपछि पूनर्निर्माण कार्ययोजना बन्यो

लामो समयपछि पूनर्निर्माण कार्ययोजना बन्यो

  • बुधबार, पुस २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

काठमाण्डौ, २९ पुस ।

भूकम्प गएको झण्डै ९ महिनापछिबाट सुरु हुने पूनर्निर्माणको लागि राष्ट्रिय पूनर्निर्माण प्राधिकरणले तयार गरेको तीन महिने कार्ययोजना पारित भएको छ ।

 

प्रधानमन्त्री निवास वालुवाटारमा आज बसेको प्राधिकरणको परामर्श परिषद्को बैठकले माघ २ गतेबाट सुरु हुने राष्ट्रिय पूनर्निर्माण अभियानको कार्ययोजना पारित गरेको हो । प्राधिकरणले माघ २ गतेदेखि बैशाख १२ सम्मको कार्ययोजना परिषद् समक्ष पेश गरेको थियो ।

 

कार्ययोजनाको पहिलो चरणमा माघ २ गतेबाट पूनर्निर्माण महाअभियानको शुभारम्भ गर्ने उल्लेख छ । राष्ट्रपति विद्या भण्डारीले रानीपोखरीबाट कार्यको शुभारम्भ गर्नुहुनेछ । यस्तै माघभित्र संगठन संरचना तयार गरी न्युनतम जनशक्तिको परिचालन गर्ने लगायतको कार्ययोजना छ ।

 

यस्तै दोस्रो चरणमा फागुन १२ गतेसम्म पर्नुनर्मिाण सम्बन्धी निती नियमावली तथा कार्य्विधीहरुको कार्यान्वयन गर्ने उल्लेख छ । यस्तै फागुनभित्र प्रत्येक प्रभावित जिल्लामा पूनर्निर्माण कार्यालय तथा ईकाय स्थापना गर्ने प्राधिकरणको लक्ष्य छ । तेस्रो चरण अन्तर्गत चैत १२ देखि सबै जिल्लाहरुमा भवन तथा जनसांख्यिक सर्वेक्षणको शुरुवात गरिसक्ने प्राधिकरणको कार्ययोजना छ ।

सरकारले घर बनाउनका लागि सामुहिक जमानीमा प्राधिकरणको कोषबाट पीडितलाई सहुलियत ऋणमा उपलब्ध गराउने भनेको तीन लाख रुपैयाँ वितरणको कार्यविधी तयार हुन बाँकी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ