मुलुकले छिटै सङ्कटबाट मुक्ति पाउनेछ:भुमिसुधार मन्त्री सुब्बा

मुलुकले छिटै सङ्कटबाट मुक्ति पाउनेछ:भुमिसुधार मन्त्री सुब्बा

  • बुधबार, पुस २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

भद्रपुर, २९ पुस ।

भूमिसुधार तथा व्यवस्था मन्त्री रामकुमार सुब्बाले नाकाबन्दीका कारण मुलुकमा देखिएका सङ्कट छिट्टै अन्त्य भई सहज वातावरण बन्ने बताउनुभएको छ । 

मालपोत कार्यालय भद्रपुर झापाको नवनिर्मित भवनको आज उद्घाटन गर्दै उहाँले मुलुकको समस्या समाधान गर्न कुटनीतिक प्रयास भइरहेकाले आम नागरिकलाई विचलित नहुन आग्रह गर्नुभयो ।

मन्त्री सुब्बाले सरकारी कार्यालयबाट सम्पादन हुने कार्यमा राष्ट्रसेवक कर्मचारी चनाखो भएर जनताको काम सरल, सहज तरिकाले समयमै सम्पन्न गर्न निर्देशन दिंँदै नवनिर्मित भवनले जनताको कामलाई सर्वसुलभ तरिकाले सम्पन्न गर्न मद्दत पुग्ने विचार व्यक्त गर्नुभयो ।

उहाँले दैवीप्रकोप र नाकाबन्दीका कारण निराश भएका जनताका कामलाई इमान्दारीपूर्वक सम्पन्न गरी दिएमा हौसला बढ्ने भन्दै नीति, नियमले मिल्ने सबै काम गर्न कसैको आदेशलाई नपर्खन कर्मचारीलाई निर्देशन पनि दिनुभयो ।

सो अवसरमा प्रमुख जिल्ला अधिकारी तेजप्रसाद पौडेलले नवनिर्मित भवनले जनताको काममा सहज हुने बताउनुभयो ।

भूमिसुधार तथा व्यवस्था विभागका महानिर्देशक रोहितकुमार भट्टराईको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला अदालत झापाका न्यायधीश क्रृषिराम निरौलाले स्वच्छ सेवालाई राष्ट्रसेवक कर्मचारीले कर्मको रुपमा लिनुपर्ने सुझाव दिनुभयो ।
चार तले नवनिर्मित सो भवन रु दुई करोड ९१ लाख लागतमा निर्माण गरिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ