भारतीय धान भित्रिएपछि किसान मारमा

भारतीय धान भित्रिएपछि किसान मारमा

  • बुधबार, पुस २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

जनकपुरधाम, २९ पुस । नेपाली बजार मूल्य भन्दा सस्तोमा भारतीय धान भित्रिन थालेपछि धनुषाका किसान मारमा परेका छन् ।

बन्द हडतालको कारण उत्पादन गरेको धान सहरसम्म ल्याउन नसकेका किसानलाई भारतीय बजारबाट तस्करी भई धान नेपाल भित्रिन थालेपछि दोहरो मार परेको छ । भारतीइ धान अवैध रुपमा खुला सिमानाबाट जिल्लामा व्यापक मात्रामा भित्रिन थालेपछि मूल्य नपाउँदा किसान बाध्य भएर सस्तो मूल्यमा बेच्न थालेका छन् ।

भारतीय धानसँग प्रतिस्पर्धा गर्न नसकेपछि बिचौलियालाई सस्तो मूल्यमा धान बेच्न थालेको लक्करका किसान नन्द किशोरले सुनाउनुभयो । सरकारी अनुदान नपाएका कारण महँगो लागतमा उत्पादन गरेको धान सस्तो मूल्यमा बेच्दा यहाँका किसानले घाटा बेहोर्नु परिरहेको छ । नेपाल खाद्य संस्थानले धानको खरिद मूल्य नतोकिदिँदा किसानले घरमै आइपुग्ने बिचौलियालाई सस्तोमा धान बेच्ने गरेका छन् ।

अहिले व्यापारीले दलालमार्फत दैनिक ठूलो परिमाणमा धान भित्र्याउने गरेका महेन्द्रनगरका दिनेश राय बताउनुुहुन्छ । “यहाँको व्यापार ७५ प्रतिशतले प्रभावित भएको छ” उहाँले भन्नुभयो । अहिले धान प्रतिक्विन्टल रु एक हजार ८०० का दरले बिक्री भइरहेको छ । यसवर्ष जिल्लामा ५६ हजार ३९० हेक्टरमा एकलाख ४३ हजार ६५३ मेट्रिक टन धान उत्पादन भएको कृषि कार्यालयले जनाएको छ । गतवर्ष ६२ हजार २०० हेक्टरमा दुई लाख १६ हजार १४४ मेट्रिक टन धान उत्पादन भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी