स्याङ्जामा सुन्तला बिक्रीबाट रु २६ करोड आम्दानी

स्याङ्जामा सुन्तला बिक्रीबाट रु २६ करोड आम्दानी

  • बुधबार, पुस २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

वालिङ, २९ पुस ।

स्वादिलो र मीठो सुन्तला उत्पादन गर्ने जिल्ला भनेर चिनिने स्याङ्जामा यस वर्ष रु २६ करोड बढीको सुन्तला बिक्री भएको छ ।

जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकृत तिलक बिसीका अनुसार कुल रु १० हजार २०० मेट्रिक टन सुन्तला बिक्रीबाट रु २६ करोड १५ लाख ९९ हजार ४०० आम्दानी भएको हो ।

“जिल्लामा एक हजार २५० हेक्टर क्षेत्रफलबाट यस आर्थिक वर्षमा १० हजार २०० सुन्तला उत्पादन भएको छ”, सूचना अधिकृत बिसीले भन्नुभयो, “उत्पादन भएकोमध्ये एक हजार २२४ मेट्रिक टन सुन्तला जिल्लाभित्र नै खपत भएको छ भने बाँकी आठ हजार ४६६ मेट्रिक टन सुन्तला जिल्लाबाहिरका सहरमा खपत भएको छ ।”

“गत वर्षभन्दा यस वर्ष सुन्तला बिक्रीमा कमी आएको छ”, सूचना अधिकृत बिसीले भन्नुभयो, “यस वर्ष फूल फुल्ने बेलामा असिना पानी, हावाहुरी तथा बिक्री हुने समयमा नाकाबन्दीका कारण समस्या भयो ।”

पुतलीबजार नगरपालिका–१२ र १३ वडा तथा ठूलाडिही, पौवैगौडे, खिलुङ–देउराली, अर्जुनचौपारी, एलादी, पेलाकोट, दहथुम, बिरुवा र मनकामनाका विभिन्न क्षेत्रलाई सुन्तलाका मुख्य क्षेत्र घोषणा गरिएको छ । त्यस क्षेत्रबाट अत्यधिक मात्रामा सुन्तला उत्पादन हुने गरेको कृषि विकास कार्यालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी