गैरकानुनीरुपमा घरेलु कामदार पठाउने कार्य नियन्त्रण गर्न सरकारलाई पत्रचार

गैरकानुनीरुपमा घरेलु कामदार पठाउने कार्य नियन्त्रण गर्न सरकारलाई पत्रचार

  • बुधबार, पुस २९, २०७२
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौ २९ पौष ।  

विभिन्न खाडी मुलुकमा गैरकानुनीरुपमा घरेलु कामदार पठाउने गिरोह सक्रिय भएको भन्दै त्यसलाई नियन्त्रण गर्न सम्बन्धित मुलुकका नेपाली दुतावासले सरकारलाई पत्रचार गरेको छ ।

दलाल मार्फत कुवेत, साउदीलगायतका मुलुकमा लगिएका महिला कामदार बिच्चली परेपछि सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावासले अबैध पठाउने गिरोहलाई नियन्त्रण गर्न सरकारलाई पत्राचार गरेको हो ।

सरकारले वैध तरिकाले घरेलु कामदार पठाउनमा ढिलाइ गरेपछि दलालले भारतीय बाटो हुँदै मोटो रकम लिएर कुवेत, साउदी अरब, कतार, ओमन लगायतका मुलुकमा महिला कामदार पठाइरहेका छन् ।

असुरक्षाको कारण देखाउदै सरकारले विगत पाँच वर्षदेखि खाडीमा महिला घरेलु कामदार पठाउन रोक लगाएपछि अवैध तरिकाले जान चाहनेको संख्या पछिल्ला समय बढ्दै गएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ