बिर्तामोडमा आगलागि, ७० लाखको क्षती

बिर्तामोडमा आगलागि, ७० लाखको क्षती

  • मङ्लबार, पुस २८, २०७२
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

बिर्तामोड । हिजो साँझ झापाको बिर्तामोडमा भएको आगलागिमा ७० लाख बराबरको क्षति भएको छ । बिर्तामोडको मुक्ति चौक नजिकमा रहेको थापा मार्केटमा सोमवार साँझ बिधुत सर्ट भई भिम प्रसाद कडरियाको आभि सप्लायर्समा आगलागि भएको हो ।

हरेक सोमवार बन्द रहने बिर्तामोडमा बेलुकी पौने ९ मा आगलागी भएको स्थानीयले थाहा पाएपछि प्रहरीलाइ खवर गरेका थिए । प्रहरी र दमकल पुग्दा पसलमा रहेको सबै सामान पुर्णरुपमा क्षति भइसके पनि आगो अन्त फैलनबाट जोगाइएको बिर्तामोड प्रहरीले जनाएको छ ।

प्रहरी र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी खड्क प्रसाद खत्रीले बताए । बिधुत वाइरिङको लापरवाहीका कारण आगलागि भएको प्रहरी जनाएको छ । पसल शनिअर्जुन नगरपालिका– ७ स्थाइ घर भएका भिम प्रसाद कडरियाको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ