धरान,सुनसरी पौष २६ / नया प्रविधिको विकासले फड्को मारे पनि महंगो बजार मूल्यका कारण सूचना प्रविधिमा सर्वसाधारणको पहुच पुग्न नसकेको बेला धरान स्थित बराह ज्वेलरी इण्डष्ट्रिज प्रा.लिले मोवाइल एक्सपो मेलाको आयोजना गरेको छ ।
धरान ५ प्रा.लि.को भवनको दक्षिणपट्टि छेउमा शुरु गरेको मोवाइल एक्सो १० दिनसम्म चल्ने छ । मेला हिजो शुरु भएको थियो ।
प्रालिद्वारा संचालनमा आएको बराह डिपार्टमेन्ट स्टोरको १२ औं बार्षिकोत्सव तथा नयाँ वर्ष २०१६को अवसरमा प्रालिले मोबाईल एक्सपोको आयोजना गरेको प्रा.लि कय प्रशासकिय अधिकृत गंगा कालीकोटीले जानकार दिनु भयो । ब्राण्डेड मोबाईलका विभिन्न उत्पादनहरु सहित इलोक्ट्रोनिक्स सामानहरु मेलाको प्रदर्शनीमा राखिएको छ ।
मेलामा १२ सय देखि ८० हजार रुपैया सम्मका मोबाईलका ब्राण्डहरु राखिएका छन् । लाभा कम्पनीको मोबाईलले प्रायोजन गरेको मेलामा राखिएका मोबाईलहरु सहित इलेक्ट्रोनिक्सका सामानहरुमा ५ देखि १० प्रतिशत सम्म छुट दिईएको आयोजकले जनाएको छ ।