काठमाण्डौ,२७ पौष । प्रधानमन्त्री केपी ओलीले मुलुकमा अहिले देखिएको समस्या विस्तारै समाधान हुने बताउनु भएको छ ।
राजधानीमा पृथ्वी जयन्तीको अवसरमा राप्रपा नेपालले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री ओलीले मधेस केन्द्रित दलसँगको वार्ता सकारात्मक भएकाले मुलुकको समस्या समाधान उन्मुख रहेको बताउनु भयो ।
उहाले राष्ट्रिय एकता दिवसको सान्र्द्भिकता अझै रहेको उल्लेख समेत गर्नुभयो । पूर्व राजा ज्ञानेन्द्र शाहले एकता दिवसको अवसरमा दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै प्रधानमन्त्रीले भन्नुभयो– गणतन्त्रले सबैलाई सम्मान दिएको छ, दरवार छाडेर गएकालाई पनि घरवारको अवसर दिईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline